प्रधानमन्त्री ओलीले भने, गरिबी हुनु भएन
वि.सं.२०८१ मंसिर ३० आइतवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी हुन नहुने बताएका छन् ।
आईतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले भने, ‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर गएर यसलाई व्यवहारिक, मूर्त रुप दिने काम गर्नु हुनेछ । मैले विश्वास लिएको छु । देशमा परिवर्तन ल्याउन, सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्याउनका लागि यो पार्टी बनेको हो । जहाँ जनता अधिकार सम्पन्न हुन् । गरिबी हुनु भएन । गरिबी निवारण हुनुपर्यो, खान लगाउन जनाले पाउनुपर्यो । मुख्य अधिकार त त्यो हो नि । बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुपर्यो । बाँच्नका लागि खान, लगाउन, बस्न पाउनुपर्यो ।’
प्रकाशित समय : १४:४३ बजे





















