साताको पहिलो दिन सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ मंसिर ३० आइतवार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
कारोबार हुने साताको पहिलो दिन आइताबार सुन तोलामा २ हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने सुन तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेकोछ ।
प्रकाशित समय : १०:५० बजे





















