back

रिलायबल नेपाल लाइफद्वारा घातक रोग बापत २० लाखको दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग वापतको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रममा बीमित माहाराज चौधरीलाई घातक रोग बापत २० लाख रुपैयाँको दाबी भुक्तानी गरेको हो ।

बीमित चौधरीले २०७८ पौष १३ गते २५ लाख रुपैयाँको बीमा योजना लिएका थिए । २०८१ साउन २७ गते उनलाई हृदयघातको निदान भएपछि सो दाबी दर्ता भएको थियो ।

कार्यक्रममा सभाध्यक्षता रत्ननगर नगरपालिका–६ का वडा अध्यक्ष किरण महतोले गरेका थिए भने कार्यक्रमको सञ्चालन पर्सा भण्डारा शाखा प्रमुख कुलराज शर्माले गरेका थिए भने प्रमुख अतिथि चितवन तथा लुम्बिनी प्रदेश बिजनेस हेड राजेन्द्र पौडेल तथा विशिष्ट अतिथि हाकिमचोक शाखा प्रमुख राजकुमार दाहाल रहेका थिए ।

त्यस्तै कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका एमडिआरटी सदस्यहरू, सिनियर एजेन्सी म्यानेजरहरू, एजेन्सी म्यानेजरहरू, अभिकर्ताहरू, बीमित परिवार, आफन्तजन र स्थानीयबासीहरूको समेत सक्रिय सहभागीता रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले बीमाको महत्त्व र आर्थिक संकटमा ग्राहकलाई सुरक्षाको बलियो आधार प्रदान गर्ने विषयमा चर्चा गरेका थिए । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कार्यक्रममार्फत बीमितहरूको विश्वासलाई थप सुदृढ गर्दै सेवा निरन्तर प्रभावकारी बनाउने प्रतिबद्धता दोहो¥याएको थियो ।

“ग्राहकहरूको जीवन सुरक्षामा हाम्रो प्राथमिकता” नाराका साथ, रिलायबल नेपाल लाइफले यस्ता प्रयासलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमितका हकदारलाई छिटो, सहज र पारदर्शी रूपमा दाबी भुक्तानी गर्दै आएको छ। बीमा दाबी भुक्तानीमा कुनै फर्छ्यौट बाँकी नराख्नु कम्पनीको प्रमुख विशेषता मानिन्छ ।

कम्पनीका अनुसार, यस उपलब्धिले बीमित तथा उनीहरूका परिवारहरूको आर्थिक सुरक्षामा भरोसा थप बलियो बनाएको छ । साथै, रिलायबल नेपाल लाइफले भविष्यमा पनि ग्राहकहरूको अपेक्षा पूरा गर्दै दायित्वप्रति प्रतिबद्धता कायम राख्ने प्रतिबद्धता जनाएको छ।

शुक्रबार सम्पन्न घातक रोग बापत दाबी भुक्तानी कार्यक्रमको संयोजन पर्सा भण्डारा शाखाका मार्केटिङ प्रमुख हेमराज बस्नेतले गरेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...