back

पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले संकलन गरे ४१ अर्बको प्रिमियम

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले ४१ अर्ब भन्दा बढि कुल बीमा शुल्क आर्जन गरेका छन् । हाल संचालनमा रहेका १४ वटा बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्म विभिन्न बीमा व्यवसाय गरेर कुल ४१ अर्ब १० करोड रुपैयाँ प्रिमियम संकलन गरेको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले ४० अर्ब १८ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका थिए । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा असोज महिनासम्म उक्त ब्यवसाय ०.६८ प्रतिशतले बढी हो ।

असोज महिनासम्म सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्योरेन्स रहेको छ । कम्पनीले चालु आवको साउनदेखि असोज महिनासम्म ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल व्यवसाय ९.५१ प्रतिशतले बढेको छ ।

त्यस्तै, कुल बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा नेशनल लाइफ रहेको छ । कम्पनीले ४ अर्ब ९० करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने तेस्रो नम्बरमा एलआइसी नेपाल रहेको छ । कम्पनीले ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ, चौथो नम्बरमा हिमालयन लाइफले पनि ४ अर्ब ३१ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी असोज महिनासम्म सूर्यज्योतिले २ अर्ब ४९ करोड ९३ लाख, एशियन लाइफले ८ अर्ब ५ करोड १५ लाख रुपैयाँले २ अर्ब ३ करोड ६८ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ७४ करोड ७४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड २२ लाख रुपैयाँ, मेट लाइफ नेपालले १ अर्ब ४४ करोड रुपयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

असोज मसान्तसम्म राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ४० करोड ५३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब २१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब २० करोड रुपैयाँ र सन नेपाल लाइफले ९३ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको सावर्जनिक तथ्यांकमा छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...