पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले संकलन गरे ४१ अर्बको प्रिमियम

वि.सं.२०८१ कात्तिक १२ सोमवार

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले ४१ अर्ब भन्दा बढि कुल बीमा शुल्क आर्जन गरेका छन् । हाल संचालनमा रहेका १४ वटा बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्म विभिन्न बीमा व्यवसाय गरेर कुल ४१ अर्ब १० करोड रुपैयाँ प्रिमियम संकलन गरेको हो ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले ४० अर्ब १८ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका थिए । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा असोज महिनासम्म उक्त ब्यवसाय ०.६८ प्रतिशतले बढी हो ।
असोज महिनासम्म सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्योरेन्स रहेको छ । कम्पनीले चालु आवको साउनदेखि असोज महिनासम्म ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल व्यवसाय ९.५१ प्रतिशतले बढेको छ ।
त्यस्तै, कुल बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा नेशनल लाइफ रहेको छ । कम्पनीले ४ अर्ब ९० करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने तेस्रो नम्बरमा एलआइसी नेपाल रहेको छ । कम्पनीले ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ, चौथो नम्बरमा हिमालयन लाइफले पनि ४ अर्ब ३१ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी असोज महिनासम्म सूर्यज्योतिले २ अर्ब ४९ करोड ९३ लाख, एशियन लाइफले ८ अर्ब ५ करोड १५ लाख रुपैयाँले २ अर्ब ३ करोड ६८ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ७४ करोड ७४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड २२ लाख रुपैयाँ, मेट लाइफ नेपालले १ अर्ब ४४ करोड रुपयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
असोज मसान्तसम्म राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ४० करोड ५३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब २१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब २० करोड रुपैयाँ र सन नेपाल लाइफले ९३ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको सावर्जनिक तथ्यांकमा छ ।

प्रकाशित समय : ११:४७ बजे