बीमा कम्पनीहरूको पहिलो त्रैमासमा ४१ भन्दा माथि संकलन, सबैभन्दा बढि बाग्मती प्रदेशको

वि.सं.२०८१ कात्तिक १२ सोमवार

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने बीमकहरूले विभिन्न बीमालेखाबाट ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज) महिनासम्म बीमा कम्पनीहरूले सातै प्रदेशमा १ करोड ३७ लाख ६६ हजार ४४८ पोलिसी जारी गरेर ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणले सावर्जनिक गरेको तथ्यांकले देखाएको छ ।
चालु आवको पहिलो त्रैमासमा सबै भन्दा बढि हिस्सा बाग्मती प्रदेशमा रहेको छ । विभिन्न बीमा कम्पनीहरूले गरेको बीमा व्यवसायबाट कुल बीमा शुल्क मध्ये बाग्मती प्रदेशको हिस्सा ४३.१० प्रतिशतले बढि हो ।
त्यसैगरी, बीमकहरूले सातै प्रदेशमा २० लाख ५१ हजार ५४३ पोलिसी जारी गरेर सर्वाधिक जीवन बीमाबाट १५ अर्ब ३८ करोड ३७ लाख रुपैयाँ कुल प्रिमियम संकलन गरेका हुन् ।
कम्पनहिरूले ४ लाख ४७ हजार २५४ पोलिसी जारी गरेर अग्रिम भुक्तानी सर्वाधिक जीवन बीमा व्यवसाय गरी ९ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी रुपान्तरिक सर्वाधिक जीवन बीमा ५ लाख ३८ हजार ३४३ पोलिसी जारी गरेर ५ अर्ब ४३ करोड ५ लाख, बाल-बच्चा सम्बन्धि सर्वाधिक जीवन बीमाम ६ अर्ब ३७ करोड ४२ हजार, वैदेशिक रोजगार म्यादि जीबन बीमा ७१ करोड ७८ लाख, आजिवन जीबन बीमा १ अर्ब ११ करोड ४८ लाख, एकल बीमा शुल्क जीबन बीमा १ अर्ब ३२ करोड ६ लाख, म्यादि जीबन बीमा ३५ करोड ८२ लाख, लघु जीबन बीमा ६० करोड ५ लाख र अन्य जीवन बीम ८० करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्रकाशित समय : १३:०२ बजे