back

महासंघ निर्वाचन सम्पन्न: अञ्जन श्रेष्ठको नेतृत्वमा नयाँ टोली, सचिन ढकाल बने ‘म्यान अफ दि इलेक्सन’

नेतृत्वमा नयाँ समीकरण

काठमाडौँ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचन सम्पन्न भएको छ। बुधबार भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भएसँगै निर्वाचित पदाधिकारी तथा सदस्यहरूले प्रमाणपत्र समेत ग्रहण गरिसकेका छन्।

नेतृत्वमा नयाँ समीकरण

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन्। उनीसँगै कार्यसमितिमा तीनजना उपाध्यक्षहरू निर्वाचित भएका छन्।

  • एसोसिएट उपाध्यक्ष: प्रवलजंग पाण्डे

  • वस्तुगत उपाध्यक्ष: नरेशलाल श्रेष्ठ

  • जिल्लानगर उपाध्यक्ष: दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा

कार्यसमितिको बनावट

निर्वाचन समितिले उपलब्ध गराएको विवरणअनुसार कुल ६९ जना कार्यसमिति सदस्य निर्वाचित भएका छन्। जसको वर्गीकरण निम्नानुसार छ।

  • एसोसिएटतर्फ: १७ जना

  • जिल्लानगरतर्फ: १५ जना

  • वस्तुगततर्फ: १३ जना

  • प्रदेश प्रतिनिधित्व: १४ जना (प्रत्येक प्रदेशबाट २ जना)

  • यसका अतिरिक्त महिला सदस्य, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ र संस्थापन सदस्य समूहबाट गरी ६९ सदस्यीय टोली चयन भएको छ।

सचिन ढकालको ‘डेब्यू’ मै उत्साहजनक नतिजा

यस निर्वाचनमा सबैभन्दा धेरै चर्चा सचिन ढकालको रहेको छ। एसोसिएटतर्फबाट कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएका ढकाल सर्वाधिक मत प्राप्त गर्दै ‘म्यान अफ दि इलेक्सन’ बनेका छन्। आइएमई ग्रुपको प्रतिनिधित्व गरेका उनले कुल १३ सय १८ मत प्राप्त गरे।

निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन एसोसिएटतर्फका सबैभन्दा कान्छा सदस्य हुन्। खेलकुद (एफसी चितवनका अध्यक्ष), पर्यटन तथा हस्पिटालिटी व्यवसायमा आबद्ध उनले पहिलो पटकमै उत्कृष्ट नतिजा निकालेका हुन्। उनको विजयलाई चन्द्रप्रसाद ढकाल महासंघको राजनीतिबाट बाहिरिँदै गर्दा परिवारबाट अर्को पुस्ताको बलियो प्रवेशका रूपमा हेरिएको छ।

सर्वाधिक मत पाउने अन्य उम्मेदवार

ढकालपछि सर्वाधिक मत पाउने उम्मेदवारमा अम्बिका पौडेल रहेका छन्। उनले ११ सय ८३ मत प्राप्त गरी आफ्नो विजय सुनिश्चित गरे।

नयाँ कार्यसमितिको आगमनसँगै निजी क्षेत्रका समस्या समाधान र आर्थिक एजेन्डामा महासंघले कस्तो पहल कदमी लिनेछ भन्नेमा उद्योगी व्यवसायीहरूको चासो बढेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

वि.सं.२०८३ साउन २१ बिहीवार १२:१८

काठमाडौं । सरकारले नेपाल आयल निगमको रिक्त रहेको कार्यकारी निर्देशक...

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि...

लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

वि.सं.२०८३ साउन २० बुधवार १६:२२

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

वि.सं.२०८३ साउन १९ मंगलवार १३:१९

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समिति महिला सहित सात...

यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई

यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०१

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण...

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

वि.सं.२०८३ असार ३१ बुधवार १९:०९

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित...