back
himalayan life

एघार जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सार्वजनिक गरेको हो । सो निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयअन्तर्गतका सहसचिव नमराज घिमिरेलाई मुस्लिम आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रामकृष्ण पुडासैनीलाई अर्थ मन्त्रालय, अर्थ मन्त्रालयका सहसचिव कृष्णकुमारी श्रेष्ठलाई उद्योग र युवा तथा खेलकुद मन्त्रालयमा काजमा रहेका सहसचिव रमेश ढकाललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ ।

सरकारले अर्थ मन्त्रालयका सहसचिव रामदत्त भट्टलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, मुस्लिम आयोगका सहसचिव रमेश न्यौपानेलाई राष्ट्रिय सूचना आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत अतिरिक्त समूहमा रहेका सहसचिव सन्तोषकुमार दाहाललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव अनिलकुमार दत्तलाई सञ्चार मन्त्रालय, सञ्चार मन्त्रालयअन्तर्गत रहेका सहसचिव श्रीचन्द्र शाहलाई अर्थ मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ ।



Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

वि.सं.२०८३ जेठ २४ आइतवार १६:१८

काठमाडौं । नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको छाता संगठन...

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

वि.सं.२०८३ जेठ १५ शुक्रवार १०:५२

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३५

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत...

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०१

काठमाडौँ। नेपाल मोवाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका...