back

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं बार्षिक साधारणसभा अनमोल क्याटरिङ सर्भिस शंखमुल, काठमाडौंमा सम्पन्न भएको छ ।

कम्पनीका संचालक समितिका अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको अनुसुचिहरु उपर छलफल गरी पारित गर्ने र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने सामान्य प्रस्ताव पारित गरेको छ ।

त्यसै गरीसभाले नियमावलीको नियम ३२ (ग) मा शंसोधन गर्ने र यस वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त संस्थाहरुलाई गाभ्नेरगाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि संस्थाले चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङकन गर्न मान्यता प्राप्त मूल्याङकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्नेर गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने बिशेष प्रस्ताव पनि पारित गरेको छ ।

सभामा शेयरधनीले उठाएको प्रश्नमाथि संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले जवाफ दिदै भोलीका दिनमा शेयरधनीलाई उच्च प्रतिफल दिने गरी कम्पनीका संचालक र व्यवस्थापन अघि बढेको बताएका छन् ।

त्यसैगरी सभालाई सांसद जुली कुमारी महतोले संस्थाको उन्नती र प्रगति कामनासहित शुभकामना व्यक्त गरेकी थिइन् । सभाका प्रमुख अथिति तुलसी थापाले महिला अधिकार तथा विकास केन्द्र र महिला लघुवित्त वित्तीय संस्था एक आपसमा सहकार्य गरी भोलीका दिनमा संस्थालाई अगाडि बढाउन सुझाव दिएकी छिन् ।

nactional life
Corporatebazar 11 Anniversary

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

वि.सं.२०८२ चैत ३० सोमवार १६:४१

समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा...

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

वि.सं.२०८२ चैत १६ सोमवार १७:२१

काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा...

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:३४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री बनेकी निशा मेहताले...

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:३१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले...

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:२४

काठमाडौं । नवनियुुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले...

पदबहाली गर्दै सस्मित पोखरेलले भने : शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

पदबहाली गर्दै सस्मित पोखरेलले भने : शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:०५

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री...