ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशम राज रेग्मी नियुक्त
वि.सं.२०८१ माघ २४ बिहीवार
काठमाडौं । ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशम राज रेग्मी नियुक्त भएका छन् । माघ २३ गते बसेको सञ्चालक समितिको ५०९ औं बैठकले माघ २३ गते देखि लागु हुनेगरी बैकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
वरिष्ठ अधिवक्ता रेग्मीको नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष विभिन्न कार्यक्षेत्रमा कार्य अनुभव पनि छ । कानून विषयमा स्नातकोत्तर गरेका रेग्मीले नेपाल सरकार अन्तर्गत विभिन्न क्षेत्रमा पनि कानूनी सल्लाहकारका रूपमा योगदान दिँदै आएका छन् ।
प्रकाशित समय : १६:५२ बजे





















