आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा
वि.सं.२०८१ माघ २४ बिहीवार
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। माघ २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको हो।
अब उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुमा वितरण गरिनेछ।
प्रकाशित समय : १६:४१ बजे




















