हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार

काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतम (सीईओ)मा अशोक शम्शेर राणा पुनः नियुक्त भएका छन् ।
बैंकको २०८० चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
राणालाई वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार वर्षको लागि सीइओमा नियुक्त गरिएको हो ।

प्रकाशित समय : ०९:१४ बजे