back

निजगढ नगर उद्योग वाणिज्य संघमा दिपेन्द्र श्रेष्ठको प्यानल विजयी

निजगढ। निजगढ नगर उद्योग बाणिज्य संघको प्रथम अघिवेशनबाट अध्यक्षमा दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामअनुसार संघमा श्रेष्ठको प्यानल नै विजयी भएको छ ।

मत परिणामअनुसार अध्यक्षमा श्रेष्ठले ८६ मत अन्तरले विजयी भएका हुन् । श्रेष्ठले १८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी रवि कुमार बर्तौलाले १०३ मत प्राप्त गरे ।

३७६ मतदाता रहेकोमा निर्वाचनमा ३०७ मत खसेको थियो । मतपरिणाम घोषणा भएलगत्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबै व्यवसायीहरूलाई समेटेर व्यवसायीको हितमा काम गर्ने बताएका छन् ।

संघको प्रथम उपाध्यक्षमा १६३ मत ल्याएर गोरखबहादुर खड्का, द्वितीय उपाध्यक्षमा २०० मत ल्याई नवराज मैनाली, तृतीय उपाध्यक्षमा २०३ मत ल्याएर उषा लामा मोक्तान विजयी भएका छन् ।

यस्तै महासचिवमा १५१ मतका साथ गोविन्द न्यौपाने र कोषाध्यक्षमा १८८ ल्याई होमप्रसाद न्यौपाने (महेश) विजयी भएका छन् । वाणिज्यतर्फ सचिवमा १६३ मतसहति विजय तिमल्सिना र उद्योगतर्फ सचिवमा १६९ मतका साथ विष्णुप्रसाद रिसाल निर्वाचित भएका थिए ।

१२ खुला सदस्य पदका लागि २४ जनाको प्रतिस्पर्धामा श्यामकुमार श्रेष्ठ १७१ मत, उमेश दाहाल १८६ मत, सरोज कोइराला १७७ मत, सीताकुमारी गौतम (उप्रती) १६८ मत, कृष्णबहादुर सुनार १६६ मत, अजित कोइराला (इराज) १७५ मत, भोलाप्रसाद तिमल्सिना १६२ मत, दिपा सापकोटा १६९ मत, उत्सव श्रेष्ठ १९९ मत, अरुणकुमार साह १६४ मत, अभिषेक शर्मा (वैकुण्ठ) १८५ मत र गणेशबहादुर क्षेत्री (रायमाझी) १७३ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

वि.सं.२०८३ असार ३१ बुधवार १९:०९

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित...

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण

वि.सं.२०८३ असार २६ शुक्रवार ११:१२

काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कमाण्ड सम्हाल्ने

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कमाण्ड सम्हाल्ने

वि.सं.२०८३ असार २५ बिहीवार १२:५८

काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा व्यावसायिक र कुशल रणनीतिकारको छवि...

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

वि.सं.२०८३ असार २४ बुधवार १७:३३

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको...

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...