back
skip this Samagra

निजगढ नगर उद्योग वाणिज्य संघमा दिपेन्द्र श्रेष्ठको प्यानल विजयी

निजगढ। निजगढ नगर उद्योग बाणिज्य संघको प्रथम अघिवेशनबाट अध्यक्षमा दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामअनुसार संघमा श्रेष्ठको प्यानल नै विजयी भएको छ ।

मत परिणामअनुसार अध्यक्षमा श्रेष्ठले ८६ मत अन्तरले विजयी भएका हुन् । श्रेष्ठले १८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी रवि कुमार बर्तौलाले १०३ मत प्राप्त गरे ।

३७६ मतदाता रहेकोमा निर्वाचनमा ३०७ मत खसेको थियो । मतपरिणाम घोषणा भएलगत्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबै व्यवसायीहरूलाई समेटेर व्यवसायीको हितमा काम गर्ने बताएका छन् ।

संघको प्रथम उपाध्यक्षमा १६३ मत ल्याएर गोरखबहादुर खड्का, द्वितीय उपाध्यक्षमा २०० मत ल्याई नवराज मैनाली, तृतीय उपाध्यक्षमा २०३ मत ल्याएर उषा लामा मोक्तान विजयी भएका छन् ।

यस्तै महासचिवमा १५१ मतका साथ गोविन्द न्यौपाने र कोषाध्यक्षमा १८८ ल्याई होमप्रसाद न्यौपाने (महेश) विजयी भएका छन् । वाणिज्यतर्फ सचिवमा १६३ मतसहति विजय तिमल्सिना र उद्योगतर्फ सचिवमा १६९ मतका साथ विष्णुप्रसाद रिसाल निर्वाचित भएका थिए ।

१२ खुला सदस्य पदका लागि २४ जनाको प्रतिस्पर्धामा श्यामकुमार श्रेष्ठ १७१ मत, उमेश दाहाल १८६ मत, सरोज कोइराला १७७ मत, सीताकुमारी गौतम (उप्रती) १६८ मत, कृष्णबहादुर सुनार १६६ मत, अजित कोइराला (इराज) १७५ मत, भोलाप्रसाद तिमल्सिना १६२ मत, दिपा सापकोटा १६९ मत, उत्सव श्रेष्ठ १९९ मत, अरुणकुमार साह १६४ मत, अभिषेक शर्मा (वैकुण्ठ) १८५ मत र गणेशबहादुर क्षेत्री (रायमाझी) १७३ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।


लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालक श्रेष्ठले लिए सपथ

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालक श्रेष्ठले लिए सपथ

वि.सं.२०८० चैत १५ बिहीवार २२:२६

काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव श्रेष्ठले...

गरिमा विकास बैंकको सिईओमा माधवप्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिईओमा माधवप्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १४:१७

काठमाडौं। गरिमा विकास बैंकको सिईओमा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन्...

सागर ढकालको नेतृत्वमा धितोपत्र ब्रोकर्श एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन

सागर ढकालको नेतृत्वमा धितोपत्र ब्रोकर्श एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन

वि.सं.२०८० फागुन २९ मंगलवार ११:४०

काठमाडौ । धितोपत्र ब्रोकर्श एसोसिएसन नेपाल (डिब्यान) प्रथम वार्षिक साधारण...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

वि.सं.२०८० फागुन ६ आइतवार २२:४७

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा डा.चण्डिका...

मञ्जुश्री फाइनान्सको संचालकमा सतीस गौतम

मञ्जुश्री फाइनान्सको संचालकमा सतीस गौतम

वि.सं.२०८० फागुन ६ आइतवार १३:०२

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले संचालक नियुक्ति गरेको छ ।...

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

वि.सं.२०८० माघ २४ बुधवार १२:३०

काठमाडौँ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल...