back

गुराँस लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

nactional life

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा लघुवित्तले १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.५७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेका र इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.७३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १७६.९२ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १६.०२ प्रतिशत र सञ्चालन मुनाफा ३९.५४ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज ९ लाख ९२ हजार रुपैयाँ रिभर्स भएको छ। ६४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ १७ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १४ रुपेयाँ ९३ पैसा बढेर ५० रुपैयाँ २ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.३० गुणा रहेको छ।११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ३७ लाख रुपैयाँ सञ्चित छ। पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब ४ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०१

काठमाडौं ।  हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्लाही जिल्लाको हरिवन...

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:४६

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्काशनको...

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

वि.सं.२०८२ फागुन २५ सोमवार ११:२१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश...

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ माघ २५ आइतवार १२:२७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर...

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४४

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट...

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४१

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश...