स्वरोजगार लघुवित्तको लाभांश घोषणा : बोनस कति ?
वि.सं.२०८१ फागुन २२ बिहीवार
काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.६२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
यस मध्ये १३.८९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३१२ प्रतिशत नगद लाभांश रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रकाशित समय : ११:०३ बजे






















