आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
वि.सं.२०८१ असोज ६ आइतवार
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी जम्मा १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रकाशित समय : १०:४४ बजे