back

मिर्मिरे लघुबित्तले गर्यो नारी दिवसको अवसरमा बित्तीय साक्षरता तालीम सम्पन्न , प्रथम,दृतिय र तृतीय हुनेलाई पुरुस्कार बितरण

अछाम। मिर्मिरे लघुबित्त बित्तीय संस्था शाखा कार्यालय चौरपाटी अछामले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा केन्द्रका प्रमुख उप प्रमुख स्तरीय गोष्ठी र बित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ।

केन्द्र नं ६६ त्रीपुरा सुन्दरी मिर्मिरे महिला समुहका केन्द्रका प्रमुख महिला समाजसेवी कौशी कुवरको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि संस्थाका संचालक समिति अध्यक्ष टेक बहादुर बोहरा,बिशिस्ट अतिथि समाजसेवि जय बहादुर साउद त्यसगरी अतिथिहरु संस्थाका सुदुर पश्चिम प्रदेश प्रमुख स्वयम्भू श्रेष्ठ ,अमरगढी उप प्रादेशिक कार्यालय प्रमुख तेज बहादुर केसि र कर्मचारीहरु चौरपाटी शाखा प्रमुख कटक बहादुर शाह,जयग शाखा प्रमुख तुलाराम भट्ट , राजपुर शाखा प्रमुख लाल बहादुर साउद,फालासैन शाखा प्रमुख भरत रावत लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा चौरपाटी गाउँपालिका विभिन्न वडाका महिला जनप्रतिनिधिहरु ,समाजसेवी कल्लाने थापा,सिउडी माबी का प्रतिनिधी ,दक्षिणा कालिका आधारभुट बिधालयका प्रधानाध्यापक पुर्ण बहादुर बोहरा,दलित अगुवा नन्दा कामी,समाजसेवी धन बहादुर बोहरा र चौरपाटी बजार ब्यबस्थापन समिति अध्यक्ष भरत साउद लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा क्रमश प्रथम,दृतिय र तृतीय हुने केन्द्रहरूलाई नगद पुरुस्कार १५००५,१०००५,५००५ प्रमाणपत्र र मायाको चिनो र अन्य उत्कृष्ट महिला उधमी,उत्कृष्ट बचत कर्ता,उत्कृष्ट ठूलो केन्द्र,अनुशासित केन्द्र,उत्कृष्ट केन्द्र प्रमुख लगायतलाई रु १००५ नगद तथा प्रमाणपत्र र मायाको चिनो कार्यक्रमका अध्यक्ष कौशी कुवर , संस्थाका संचालक समिति अध्यक्ष टेक बहादुर बोहरा र समाजसेवि जय बहादुर साउदले बितरण गरेका थिए ।

कार्यक्रममा विभिन्न केन्द्रका केन्द्र प्रमुख,उप प्रमुख,महिला उधमीहरुले तथा समाजसेवि जय बहादुर साउद,चौरपाटी शाखाका शाखा प्रमुख कटक बहादुर शाह संचालक समिति अध्यक्ष टेक बहादुर बोहरा र कार्यक्रमका अध्यक्ष कौशी कुवरले शुभकामना मन्तव्य राखेका थिए ।

प्रमुख अतिथि बोहराले महिला दिदीबहिनीहरु उधमशिल बन्न र आत्मनिर्भर बन्न बित्तीय पहुँच बलियो हुनुपर्ने र गरीबी न्यूनीकरण बिपन्न बर्गका महिलाहरूको आयस्तर वृद्धि गर्न आगामी दिनमा पनि संस्थाले यस्ता विभिन्न कार्यक्रमहरु सदस्यहरूको सुझाव सल्लाह अनुसार गर्दै जाने बताए ।

बिशिस्ट अतिथि साउदले मिर्मिरेले यश क्षेत्रका महिलाहरूलाई उधमशिल बन्न प्रेरणा दिएको र सजिलो तरिकाले बचत तथा कर्जाको कारोबार गरेकोमा धन्यवाद व्यक्त गरेका थिए।
साथै चौरपाटी शाखाका प्रमुख शाहले संस्थाले विभिन्न समयमा कर्जा तथा बचत कारोबार संगै विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम बित्तीय साक्षरता कार्यक्रम सिपमुलक तालीम आयोजना गर्दै जाने एक घर एक सदस्य मिर्मिरे अभियान संगै विभिन्न दुख कष्ट प्राकृतिक बिपत्तिमा संस्था सदैब सदस्यहरूलाई सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सबै केन्द्रका केन्द्र प्रमुख र उप प्रमुख स्थानीय बासिको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।अन्तिममा डेउडा खेल सहित समापन भएको उक्त कार्यक्रमका संचाल्न संस्थाका नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले गरेका थिए।

nactional life
Corporatebazar 11 Anniversary

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:४६

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्काशनको...

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

वि.सं.२०८२ फागुन २५ सोमवार ११:२१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश...

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ माघ २५ आइतवार १२:२७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर...

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४४

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट...

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४१

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश...

आशा लघुवित्तको शेयरमूल्य समायोजन

आशा लघुवित्तको शेयरमूल्य समायोजन

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:२१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्था...