back

दुर्गमका विद्यालयलाई मिर्मिरे लघुवित्तको आर्थिक तथा शैक्षिक सामग्री सहयोग

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नं. १ सिउडी बयालेमा रहेको दक्षिणकालिका आधारभूत विद्यालयमा सोमबार शैक्षिक सामग्रीहरु वितरण गरेको छ।

संस्थाको चौरपाटी शाखाले उक्त विद्यालयका कक्षा १ देखि ३ सम्मका सबै विद्यार्थीलाई झोला, कापी, कलमलगायत स्टेसनरी सामग्री सहयोग गरेको हो। सोही अवसरमा संस्थाले विद्यालयलाई नगद रु. ५० हजार पनि सहयोग गरेको छ।

त्यसैगरी संस्थाले सोमबार नै चौरपाटी गाउँपालिका वडा नं.२ सोकटस्थित गौरीशंकर आधारभूत विद्यालयमा कक्षा १ देखि ३ सम्मका ८६ जना बिद्यार्र्थीहरुलाई पनि झोला, कापी, कलम लगायत सामग्री र विद्यालयलाई नगद रु. १ लाख सहयोग गरेको छ।

संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विकट स्थानमा रहेका विद्यालयमा अध्यनरत बालबालिकालाई उत्प्रेरणा तथा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ संस्थाका सञ्चालक समिति अध्यक्ष टेकबहादुर बोहरा तथा स्थानीय अगुवा समाजसेवी जयबहादुर साउदले उक्त सहयोग सामग्री सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानीय बुद्धिजीवीका साथै संस्थाका नायब कार्यकारी प्रमुख राजेन्द्रप्रसाद न्यौपाने, सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख स्वयम्भू श्रेष्ठ, अमरगढी उपप्रादेशिक कार्यालय प्रमुख तेजबहादुर खत्री र चौरपाटी शाखाका शाखा प्रबन्धक कटकबहादुर शाहलगायत कर्मचारीको उपस्थिति थियो।


गुराँस लघुवित्तद्वारा लाभांश घोषणा

गुराँस लघुवित्तद्वारा लाभांश घोषणा

वि.सं.२०८१ भदौ २५ मंगलवार ११:३१

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको...

मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत ,भोलि कतिमा खुल्छ कारोबार ?

मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत ,भोलि कतिमा खुल्छ कारोबार ?

वि.सं.२०८१ साउन २९ मंगलवार १२:०९

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्ज...

साना किसान विकास लघुवित्तको नाफा बढ्यो, अन्य सुचक कस्ता ?

साना किसान विकास लघुवित्तको नाफा बढ्यो, अन्य सुचक कस्ता ?

वि.सं.२०८१ साउन २८ सोमवार १७:२९

काठमाडौं । साना किसान विकास लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक...

गणपति लघुवित्तको नाफा ३ करोड, ईपीएस कति ?

गणपति लघुवित्तको नाफा ३ करोड, ईपीएस कति ?

वि.सं.२०८१ साउन २८ सोमवार १३:३१

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१...

फरवार्ड माइक्रोफाइनान्सको नाफा बढ्यो ,अन्य सूचक कस्ता छन् ?

फरवार्ड माइक्रोफाइनान्सको नाफा बढ्यो ,अन्य सूचक कस्ता छन् ?

वि.सं.२०८१ साउन २७ आइतवार २२:५७

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म फरवार्ड माइक्रोफाइनान्सले उल्लेख्य...

कालिका लघुवित्तको नाफा १३४.०३ प्रतिशतले नाफा बढ्यो

कालिका लघुवित्तको नाफा १३४.०३ प्रतिशतले नाफा बढ्यो

वि.सं.२०८१ साउन २५ शुक्रवार १०:२८

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१...