सिभिल बैंकका सीईओ गोविन्द गुरुङले दिए राजीनामा
वि.सं.२०७८ वैशाख ५ आइतवार
काठमाडौं – सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजीनामा दिएका छन् ।
करार अवधि झण्डै तीन महिना बाँकी छँदा उनले राजीनामा दिएका हुन् ।चैत मसान्तभित्रै राजीनामा स्वीकृत गर्ने भने पनि बैंक सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको छैन ।
गुरुङ २५ वर्षदेखि बैंकिङ क्षेत्रमा छन् । उनी २०७४ वैशाखदेखि सिभिल बैंकको सीईओको रुपमा कार्यरत छन् ।
प्रकाशित समय : ०५:४४ बजे