हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच बैशाख १५ भित्रै मर्जर
वि.सं.२०७८ वैशाख ५ आइतवार
काठमाडौं – हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बैशाख १५ भित्रै मर्जर हुने भएको छ । औपचारिकरुपमै मर्जरमा जाने सैद्दान्तिक समझदारी (एमओयू)मा हस्ताक्षर हुने भएको छ ।
हिमालयन बैंकको सञ्चालक समितिको बैठकले ड्यु डेलिजेन्स अडिट (डीडीए) रिपोर्ट अनुमोदन गरेसँगै दुई बैंकबीचको मर्जर प्रक्रियाले गति लिएको हो ।
अध्यक्ष तुलसीराम गौतम झन्डै एक महिना बिरामी भएपछि हिमालयन बैंकको सञ्चालक समितिको बैठक बस्न सकेको थिएन ।
इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिले चैत पहिलो साता नै डीडीए रिपोर्ट अनुमोदन गरेको थियो ।
प्रकाशित समय : ०५:५९ बजे