back

कृष्ण मन्दिर अगाडि छुरा प्रहार घटनामा संलग्न दुई जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि भएको छुरा प्रहार घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न ललितपुर महानगरपालिका–९ भोलढोका बस्ने ३२ वर्षीय सञ्जिव नेपाली (सञ्जु) र नवलपरासी गैँडाकोट–१ घर भई हाल ललितपुर–८ बस्ने २२ वर्षीय गगन सुनारलाई पक्राउ गरेको जनाएको छ । घटनामा प्रयोग भएको छुरा सहित उनीहरूलाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार फोनमार्फत भएको सामान्य विवादले उग्र रूप लिँदा दुवै पक्षबीच मंगलबजारमा भेट हुने सहमति भएको थियो ।भेटघाटका क्रममा सञ्जिव नेपालीले साथमा ल्याएको धारिलो छुराले सुमित नेम्वाङमाथि आक्रमण गरेका थिए । सुमितलाई बचाउन पुगेका उनका भाइ सृजनमाथि पनि घाँटी र पेटमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग गरिएको छुरा, फलामे नक, स्कुटर र दुई थान मोबाइल प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार चैत २५ गते बेलुका करिब ७ः३० बजे दुई पक्षबीच विवाद हुँदा कुटपिट तथा छुरा प्रहार भएको सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घाइतेहरूलाई उद्धार गरी ग्वार्कोस्थित बी एन्ड बी अस्पताल लगिएकोमा उपचारका क्रममा सोही राति करिब ८ः३० बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए । मृत्यु हुनेमा झापा कमल गाउँपालिका–४ घर भई हाल ललितपुरको इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सृजन नेम्वाङ रहेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

वि.सं.२०८३ असार २६ शुक्रवार १४:३०

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको...

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

वि.सं.२०८३ असार २५ बिहीवार १३:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का...