back

स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि आबद्ध भयो कनेक्ट आईपीएस र एनपीआईमा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड कनेक्ट आईपीएस र एनपीआईमा आवद्ध भएको छ । डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी बैंक उक्त सेवामा आवद्ध भएको हो ।

नेपाल लिमिटेड (एससीबीएनएल) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीको प्रयोग गर्नको लागि साझेदारी सम्झौता भएको छ ।

परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक  तथा वित्तीय संस्थामा रेहेको खाताबाट कनेक्ट आईपीएस मार्फत् एससीबीएनएलमा रहेको खातामा अन्लाईन फण्ड ट्रान्स्फर गर्न सकिन्छ ।

एससीबीएनएल र एनसीएचएलका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा  आइतवार आयोजित भर्चुअल समारोहमा सदस्यता सम्झौता कार्यान्वयन भएको हो ।

एससीबीएनएल र एनसीएचएल बीच यस सहकार्यले ग्राहकहरूलाई अन्लाईन भुक्तानीमा थप सहयोग पुर्‍याउने र नेपालको डिजिटल भुक्तानी इकोसिस्टम विस्तार गर्न सहयोग हुने विश्वास लिइएको छ ।

यसले एससीबीएनएलका ग्राहकहरूले कनेक्ट आईपीएस मार्फत सोझै आफ्नो खातामा रकम प्राप्त गर्न सक्नेछन् ।

दोस्रो चरणमा, एनपीआईका सेवाहरूलाई एससीबीएनएलका एसटूबी र मोबाइल बैंकिङ्ग लगायतका च्यानलहरूमा विस्तार गरिने छ, जस अन्तर्गत एससीबीएनएलका ग्राहकहरूले अन्य बैंक र वित्तीय संस्थाहरूलाई पनि रकमान्तर गर्न सक्नेछन् ।

त्यसैगरी अन्तिम चरणमा, एससीबीएनएलले आफ्ना ग्राहकहरूलाई कनेक्ट आईपीएसमा आफ्नो बैंक खाता लिङ्क गराई भुक्तानीहरू सिधै आईपीएस प्लेटफर्मबाट गर्न सक्ने सेवा पनि उपलब्ध गराउने छ ।

१५ ओटा शाखा, मुलुकभर रहेका २६ ओटा एटीएम तथा ५३१ जनाभन्दा बढी स्थानीय कर्मचारीहरु रहेका उक्त बैंकले वृहत राष्ट्रव्यापी संजाल मार्फत् मुलुक भित्र तथा बाहिर आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

२०७८ जेठ ९ गते प्रकाशित ।


ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

वि.सं.२०८१ माघ २४ बिहीवार १६:५६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८१ माघ २३ बुधवार ११:०१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।...

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्द

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्द

वि.सं.२०८१ माघ २० आइतवार १२:२७

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद...

९० मेगावाटको मस्र्याङ्दी नदी जलविद्युत् आयोजनामा लगानी जुट्यो

९० मेगावाटको मस्र्याङ्दी नदी जलविद्युत् आयोजनामा लगानी जुट्यो

वि.सं.२०८१ माघ १८ शुक्रवार १७:५३

काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका...

शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस दिने

शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस दिने

वि.सं.२०८१ माघ १८ शुक्रवार १७:५०

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

१४.१२ प्रतिशतले बढ्यो आइएमई लाइफ इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

१४.१२ प्रतिशतले बढ्यो आइएमई लाइफ इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ १७ बिहीवार ११:००

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको...