back

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा सम्झौता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच बुधबार बिहान भएको वार्तामा ८ वटा विषयमा सम्झौता भएको हो ।

दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको बताइएको छ ।

दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

यस्तै, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

कतारी अमिरले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा पनि गरेका छन् । उनले आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् ।

द्विपक्षीय वार्तामा कतारी अमिरले नेपालको ऊर्जा, कृषि, यातायातमा नेपाल र कतारका तर्फबाट छलफल गर्ने र लगानीका क्षेत्रको खोजी गर्ने विषयमा समेत छलफल भएको थियो ।

होटल सोल्टीमा भएको यो कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।


२४ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक

२४ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०१

काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ करोड रुपैयाँ लगानी गर्ने...

नेपाल-भारत सीमानाका ८ दिन बन्द हुने

नेपाल-भारत सीमानाका ८ दिन बन्द हुने

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५९

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई...

६६ खर्ब ९६ अर्ब पुग्यो वाणिज्य बैंकहरूको सम्पत्ति, कुन बैंकको कति छ सम्पत्ति ? (लिस्टसहित)

६६ खर्ब ९६ अर्ब पुग्यो वाणिज्य बैंकहरूको सम्पत्ति, कुन बैंकको कति छ सम्पत्ति ? (लिस्टसहित)

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४६

काठमाडौं । वाणिज्य बैंकहरुको कुल सम्पत्ति ६६ खर्ब पुगेको छ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार ०९:३९

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

सरकारले विश्व बैङ्कबाट १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

सरकारले विश्व बैङ्कबाट १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

वि.सं.२०८१ वैशाख २२ शनिवार १६:४९

काठमाडौँ । सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब रु १३...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छ, लोक रिझ्याइँको पछि लागेर हुँदैन : अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छ, लोक रिझ्याइँको पछि लागेर हुँदैन : अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...