back

३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक , यस्तो छ प्रोसेस

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब तरलता खिच्ने भएको छ ।

बैंकले १४ दिने निक्षेप संकलन उपकरण मार्फत वैशाख १३ देखि वैशाख २७ गतेसम्मका लागि ३५ अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् ।

ती संस्थाले कम्तिमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम ५० अर्बसम्मै बोल गर्न सक्नेछन् ।

संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले वैशाख २७ गते भुक्तान गर्नेछ ।

ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमश: बाँडफाँड हुनेछ ।

यसरी निक्षेप संकलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउनेछन् ।

बैंक तथा वित्तीय संस्थामा तरलता बढे पनि कर्जा विस्तार भने उत्साहजनक हुनसकेको छैन ।


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:२८

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:१३

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो...

आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ३३ करोड

आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ३३ करोड

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:०७

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो...

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४७

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखामा चोरी गरेको आशंकामा प्रहरीले...

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४२

काठमाडौं । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:५२

काठमाडौँ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...