back
nactional

सामूहिक आवाज : महिला प्रतिनिधित्व ५० प्रतिशत अनिवार्य गरौं

काठमाडौं । नेपालको संविधानले ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ । तर कार्यान्वयन फितलो छ ।संविधानले अधिकार दिएपछि नेपाली महिलाहरुको नीति निर्माण गर्ने, निर्णय गर्ने र राज्य सञ्चालन प्रक्रियामा सहभागिता बढेको छ । तर त्यो पर्याप्त छैन् । संघीय सरकारको मन्त्रिपरिषद्मै ३३ प्रतिशत महिला छैनन् ।

प्रदेश सरकार र स्थानीय तहका निर्णायक पदमा पनि महिला प्रतिनिधित्व कमजोर छ । निर्णायक नेतृत्वमा महिला नहुँदा उपस्थिति बढे पनि अपेक्षा गरेअनुसारको महिलामैत्री काम र नीति निर्माण हुन सकेको छैन् । राजनीतिमा लागेर माथिल्लो तहसम्म पुगेका महिलाहरुले पनि ३३ प्रतिशत महिला अनिवार्य गरिएपनि कार्यान्वयन फितलो भएकोप्रति सन्तुष्ट छैनन् । कतिले त ५१ प्रतिशत महिला जनसंख्या भएको देशमा महिलाको सहभागितालाई ३३ प्रतिशतमा मात्र सिमित राखिएको भन्दै यसलाई ५० पु-याउनुपर्ने धारणा पनि राख्ने गरेका छन् ।

उपसभामुख इन्दिरा राणा मगरले राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने संविधानले अधिकार दिएको हो तर ३३ प्रतिशतमा समानुपातिकबाट मात्र भएकोप्रति असन्तुष्टि जनाइन् । उनले प्रत्यक्षबाट नै ३३ प्रतिशत महिला आउन सक्ने अवस्था बनाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘राजनीति क्षेत्रमा ३३ प्रतिशत महिला छौं । यो संविधानले दिएको कुरा हो ।

३३ प्रतिशतमा पनि समानुपातिक लगायतका क्षेत्रबाट प्रतिनिधित्व गरिरहेका छौं । तर यो चित्त बुझ्दो कुरा होइन् । त्यसैले महिलाहरु प्रत्यक्षमा लडेर राजनीतिमा आउनुपर्छ । आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणमा डटेर आउनुपर्छ ।’ प्रत्येक बर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाउदैँ गर्दा महिलाहरुको हक अधिकारको अवस्था पनि सुधार हुदैँ जानुपर्ने हो तर त्यो व्यवस्था नेपालमा अझै भइनसकेको उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्की भन्छिन्, ‘अन्तर्राष्ट्रिय महिला दिवस मनाएपनि कति महिलाहरुलाई राज्यले दिएको हक र अधिकारको बारेमा पनि जानकारी नभएको अवस्था छ ।’
यस्तोबेला राज्यले जनचेतनामूलक अभियान पनि सञ्चालन गर्नुपर्ने भन्दै कानूनी किताबमा लेखिएको कुराहरु वास्तविक रुपमा लागू गर्न सबैजना सजक हुन आवश्यक रहेको उनको भनाई छ ।
उनले भनिन्, ‘मेरो हक र अधिकार के हो भनेर साक्षरता नभएको कारण पनि महिलाहरु पछि परेका छन् । यसका लागि शिक्षित महिलाहरुले अरु महिलाहरुलाई सँगै उठाएर लान सक्नुपर्छ ।

पुरुषहरुले पनि महिलाको अधिकारको लागि वकालत गर्नुपर्छ । विद्यालय, स्वास्थ्य र प्रजनन् स्वास्थ्यको अधिकारमा सँगै अघि बढ्नुपर्छ । महिलाहरुको लागि सम्पत्तिको हकको कुरा छ, अहिले आमाको नामबाट नागरिकता पाउने कुरा पनि संविधानले नै सुनिश्चित गरेको छ । अधिकारका कुराहरु कानूनी किताबहरुमा लेखिएको छ तर कार्यान्वयन छैन् । यसमा सबैजना सजक हुन आवश्यक छ । यसमा जनचेतनाको पनि कमी नै भएको हो ।’

उनले संविधानमा महिलाको लागि समानता भनेर भनिएपनि त्यसलाई ३३ प्रतिशतमा नभइ ५० प्रतिशत बनाइनुपर्ने बताइन् । उनले भनिन्, ‘संविधानमा महिलाको लागि समानता भनेर भनिएको छ तर समान भनेको संविधानले पनि ३३ प्रतिशत मात्र होइन् । यसलाई ५० प्रतिशत बनाउनु पर्छ । राजनीतिक नेतृत्व, सरकारी निकायहरुमा ३३ प्रतिशतले पुग्दैन् ५० पुग्नुपर्छ ।’
उनले महिलाको हक अधिकार र हिंसा न्यूनीकरणका लागि स्थापना भएको राष्ट्रिय महिला आयोगको भूमिका कमजोर भएको बताइन् । उनले आयोगमा बेथितिहरु धेरै भएकाले व्यवस्थित गर्नुपर्ने धारणा राखिन् ।

त्यस्तै महिलाहरुको अवस्थालाई सुधार गर्नको लागि ३३ प्रतिशत महिला सहभागितालाई ५० प्रतिशत गर्नुपर्ने र त्यसको लागि संविधानमा व्यवस्था गर्नुपर्ने र बनेका नीतिहरु कार्यान्वयन हुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीको धारणा छ ।

उनले भनिन्, ‘महिलाहरुलाई धेरै पछि पारिएको छ । संविधानमा समेटिएका सबै विषयवस्तु लागू हुने र कार्यान्वयन गर्ने हो भने देश धेरै माथि पुग्छ । अब महिला नेतृत्वको ठाँउहरुमा उदाहरणीय कामहरु भएकाले नेतृत्वमा पुर्याउनुपर्छ ।’

यस्तै, उनले महिला सांसद भएकै कारण विभेदको सामना गर्नुपरेको बताइन् । अविवाहित भएकै कारण चुनावको बेला धेरै समस्या व्यहोरेको उनले जानकारी दिइन् । ‘महिला सांसद भएकै कारण धेरै चुनौतीहरु भोग्नुपर्यो । सजिलै नपत्याउने, त्यही माथि अविवाहित भएका कारणले धेरै समस्याहरुको सामना गर्नुपर्यो । चुनावमा पनि विहे नगरेकालाई भोट नदिनु भन्नेजस्ता कुराहरुको सामना गर्नुपर्यो ।’

उनले सदनभित्र प्रत्यक्ष र समानुपातिकबाट आएका महिला सांसदहरुलाई पनि फरक दृष्टिले हेरिने बताइन् । उनले भनिन्, ‘नेपालमा महिलाहरुको अधिकारको अवस्था एकदमै कमजोर छ । त्यसैले अबको राष्ट्रपति र प्रधानमन्त्री महिला नै हुनुपर्छ ।’

जबसम्म महिला पूर्ण रुपमा अधिकार प्राप्त हुदैँनन् तबसम्म महिला दिवस मनाउनुको कुनै औचित्य पनि हुदैँन् । देशको महिलाको अवस्था हेर्ने हो भने दयनीय छ तर बाहिरबाट देखाउनको लागि भने महिलालाई अधिकार सम्पन्न गराएको जस्तो देखाइन्छ, यस्तो प्रवृत्ति परिवर्तन गर्नुपर्ने विचार माओवादी केन्द्रकी नेतृ एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्ति गरिन् ।
महिलाहरुको सहभागिता ३३ प्रतिशतबाट ५१ मा पु¥याउनको लागि पहिला समाजको मानसिकता परिवर्तन गर्नुपर्ने पनि उनको भनाई छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१४

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...