back
nactional

पोखरामा कोटीहोम सम्बन्धि विवाद चर्कियो : महानगरले ‘हर्कत’ देखाएको आरोप

पोखरा । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भूमिपुजन गर्न थालेपछि पोखरा महानगरपालिकाले प्रहरी परिचालन गरेको छ ।

अनुमति बेगर लेकसाइडको बाराहीघाटमा सुरु भएको भूमिपुजन रोक्न महानगरले कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको हो । ५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ । भूमिपुजन गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप समेत भएको छ ।

यस विषयमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले पोखरा महानगरपालिका कुनै धर्म विरोधी नभएको भन्दै यो ठाँउ यो कार्यक्रमको लागि उपयुक्त नभएको मात्र भन्न खोजेको बताए ।

उनले भने, ‘यस्तो स्विकृती नै छैन् । महानगरपालिकाले यो ठाँउमा स्विकृती नै दिएको छैन् । स्विकृती नभएपछि यहाँ पूजा गर्नै मिलेन नि, महानगरपालिकाले सबै धर्मलाई सम्मान गर्छ । संस्कृतीहरु बचाउनको लागि सिंगो महानगरपालिका सकरात्मक छौ । हामीले भन्न खोजेको कुरा मात्र के हो भने यो ठाँउ यो कार्यक्रमको लागि उपयुक्त छैन् ।’

यस्तै, विश्वविख्यात कथावाचक वालयोगेश्वर विजय कृष्णमुर्तिले महानगरपालिकाको आदेशमा लाठि, बुट प्रहार भएको भन्दै पूजापाठ, आरधना, गरिरहेको समयमा नगरपिता जस्तो व्यक्तित्वबाट यस्तो कार्यको अपेक्षा नगरेको बताए ।

उनले भने, ‘महानगरपालिकाको आदेशमा लाठी, बुट प्रहार भएको छ । हातपात भएको छ । षड्यन्त्रपूर्वक मान्छेहरु पठाएको पनि प्रमाणित भइसकेको छ । हामी एउटा क्षेत्रभित्र आनन्द भावले पूजापाठ, आरधना, भूमिपूजन गरिरहेका थियौं । त्यो समयमा यो किसिमको व्यवहार नगरपिता जस्तो व्यक्तित्वबाट हामीले अपेक्षा गरेका थिएनौ । हाम्रो विभिन्न पूजन सामग्रीहरु पनि जफत गरेर लिएर जानु भएको छ ।’

कोटीहोम गर्न दिने कि नदिने भन्ने बिवादका बीच उच्च अदालत पोखराले यसअघि मानव सेवा फाउन्डेशनलाई कोटीहोम गर्न अवरोध नगर्न पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको थियो ।

उक्त अन्तरिम आदेश भएलगत्तै फाउन्डेशनले कोटीहोम स्थल सरसफाई गरेको थियो । तर कोटीहोम गर्न अवरोध नगर्न अन्तरिम आदेश दिएको उच्च अदालत पोखरामा नै फेरी कोटीहोम रोक्न माग गर्दै अर्को रिट दर्ता भइसकेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गोकर्णेश्वरका नगर प्रमुख रिसाल एशिया ग्लोबल एक्सिलेन्स अवार्ड

गोकर्णेश्वरका नगर प्रमुख रिसाल एशिया ग्लोबल एक्सिलेन्स अवार्ड

वि.सं.२०८३ भदौ १ सोमवार १३:०२

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाललाई शिक्षा तथा...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:३६

काठमाडौँ। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न...

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०४

काठमाडौं। काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको...

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

वि.सं.२०८३ साउन २१ बिहीवार २०:२७

रौतहट । सडकको नाममा हिलोको पोखरी र खाल्डैखाल्डा मात्रै देखिने...

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि...