back

पूर्व राजालाई पाटी खोलेर राजनिति गर्न प्रचण्डको सुझाव

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजालाई राजनिति गर्न मन लागेको भए पाटी खोल्न सुझाव दिएका छन । जनताको उदारतालाई कमजोरी सम्झेर पूर्व राजा ज्ञानेन्द्र शाहले राजनिति गर्न खोजेको भए पाटी खोलेर चुनाव लडन आए हुने उनको तर्क छ ।

नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत रौतहटमा आइपुगेका अध्यक्ष प्रचण्डले पाटी खोल्न र चुनाव लडने अधिकार संविधानले दिएकोले चुनाव जितेर आउन सकिने बताए ।

यदपि जवरर्जस्ती गर्न खोजीयो भने जनतालाइ सैह्य नहुने उनले धारण राखे । यस अघि पनि ज्ञानेन्द्रले मुर्खता गरेको उल्लेख गर्दै उनले अब फेरि अर्को मुर्खता गरेर गल्ती नगर्न उनले चेतावनी दिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकार उल्टो उल्टो गर्दै हिड्को टिप्पणी गरेका छन । देशको लागि राम्रो नभएको उनको भनाइ छ । एक फरक प्रसङमा अध्यक्ष प्रचण्डले गरुडामा रहेको श्री राम सुगर मिल संचालनमा ल्याउनु पर्ने र यसका लागि आफू र आफ्न्नो पाटी तयार रहेको बताए ।

प्रचण्ड सहितका माओवादी नेताले गरुडा नगरपालिकामा शनिबार मर्निङवाकसँगै आजको अभियान सुरु गरेका हन्।मर्निङवाकपछि प्रचण्डले क्याम्पस रोड मेथुरमा स्थानीयसँग छलफल तथा अन्तरक्रिया गरेका छन् ।

फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै शुक्रबार साँझ रौतहट प्रवेश गरेको हो ।

 

nactional life
Corporatebazar 11 Anniversary

चीन–अमेरिका सम्बन्धको जहाजलाई सही दिशामा अगाडि बढाउन आवश्यक : सी जिनपिङ

चीन–अमेरिका सम्बन्धको जहाजलाई सही दिशामा अगाडि बढाउन आवश्यक : सी जिनपिङ

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०७

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन–अमेरिका सम्बन्धको जहाजलाई सही...

भोलिको विश्वलाई बुझ्न डायस्पोराको विज्ञता आवश्यक छ : परराष्ट्र मन्त्री

भोलिको विश्वलाई बुझ्न डायस्पोराको विज्ञता आवश्यक छ : परराष्ट्र मन्त्री

वि.सं.२०८३ जेठ ३ आइतवार १७:१४

काठमाडौँ । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले युवा तथा डायस्पोरा (प्रवासी नेपाली)...

नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

वि.सं.२०८३ जेठ ३ आइतवार १६:५०

काठमाडौं । खाद्य प्रबिधि तथा गुणनियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा...

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:२२

एजेन्सी । बिहीबार साँझ चीनको बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी, के के समेटिए ?

सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी, के के समेटिए ?

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:२०

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघलाई उच्च प्राथमिकता दिएको जनाएको...

विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना

विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:१३

सुर्खेत । एमालेबाट निर्वाचित वडाध्यक्ष आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध मुख्यमन्त्री कार्यालयको...