back

माओवादी छाडेर नेकपा एमाले प्रवेश गर्नेहरुलाई गैरसांसद भन्दै सर्वोच्च अदालतद्वारा ७ मन्त्रीको नियुक्त बदर

काठमाडौं । सर्वोच्च अदालतले ७ जना मन्त्रीको नियुक्ति बदर गरिदिएको छ । चोलेन्द्र शमसेर जबराको एकल इजलासले गैर सासंद ७ मन्त्रीको नियुक्ति बदर गरेको हो ।

फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्‍मा रहेका सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गर्दै सर्वाेच्चले नियुक्ति बदर गरिदिएको हो ।

सर्वाेच्चले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले ७ मन्त्री सांसद नरहेकाले उनीहरुको नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए ।
सोही रिटमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश राणाको इजलासले एकपटक ६ महिनाका लागि मन्त्री हुन पाउने र त्यसबीचमा संघीय संसदको सदस्य नभए स्वतः पदमुक्त हुने व्यवस्था गरेको भन्दै ओलीको पछिल्लो क्याबिनेटमा उनीहरूको पुनःनियुक्ति संविधानसम्मत नरहेको ठहर गरेको छ ।

राणाले यो आदेशसँगै संविधानको धारा ७८ को व्याख्या समेत गरेका छन् । यो आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।

उनीहरू अब प्रतिनिधिसभा वा राष्ट्रियसभामा निर्वाचित भएर आएपछि मात्र मन्त्री बन्न पाउने छन् । यी सात मन्त्रीको नियुक्ति असंवैधानिक भन्दै परेको अघिल्लो रिटमाथि पनि राणाकै इजलासमा सुनुवाइ भएको थियो । तर, त्यसबेला रिट निवेदकले अन्तरिम आदेश माग नगरेको भन्दै राणाले पूर्णसुनुवाइमा पठाएका थिए ।

२०७८ जेठ ६ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

वि.सं.२०८३ वैशाख २० आइतवार ११:१८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ६ मध्ये...

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १९:०८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट परम्परागत वितरणमुखी बाटोभन्दा फरक,...

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...