back

डिप्रेसन कारण, लक्षण,चिन्ह तथा उपचार

मानसिक रुपले स्वस्थ्य व्यक्तिमा गएका केही हप्ताहरुमा वा महिना देखि मनमा सामान्य भन्दा धेरै दिक्दारिपन आउनुका साथै व्यबहार साेचाइ र शारीरिक कामकाजमा फरक आउनु जस्ता लक्षणहरु भएमा त्यसलाई डिप्रेसन भनिन्छ ।

डिप्रेसन एक प्रकारको मानसिक रोग हो । यसले पीडित व्यक्तिको व्यवहारमा फरक ल्याउनुको साथसाथै शारीरिक तथा मानसिक पीडा पनि हुने हुन्छ । यसको कारणले पीडित व्यक्तिको दैनिक क्रियाकलाप, पढाइ तथा निर्णय लिनसक्ने क्षमतामा ह्रास आउने हुन्छ ।

सुरुसुरुमा पीडित व्यक्तिमा त्यति धेरै नकारात्मक विचारहरू नआउलान् । तर चाँडै पहिचान नगरिएमा बिस्तारै बिस्तारै नकारात्मक विचारले प्रभुत्व जमाउँछन् ।

केही गर्न सक्दिन जस्तो लाग्ने, जे गरे पनि सफल हुन्न र भविष्य पनि अन्धकार छ जस्तो लाग्ने डिप्रेसनबाट पीडित ब्यक्तिमा पाइने नकारत्मक सोचका उदाहरण हुन् ।

क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आ अब त काल आइदिए हुन्थ्यो जस्तो लाग्ने पनि हुन जान्छ। रोगको तीव्रता बढ्दै गएमा मार्ने चाहना उत्पन्न हनु थाल्छ र चरमसीमा आत्महत्यासम्म पुग्न सक्छ ।

कुल जनसङ्ख्याको करिब १५ प्रतिशत मानिसहरू जीवनमा कमसेकम एक पल्ट डिप्रेसन शिकार भएको पाइन्छ । यो सम्भावना महिलाहरूमा अझ बढी हुन्छ । डिप्रेसन भएका मध्ये १५ प्रतिशत रोगीहरूले आत्महत्या गर्ने सम्भावना रहन्छ ।

causes(कारणहरु):
१. वंशाणुगत
२.दुखदायी, अप्ठ्यारो र तनावपूर्ण घटनाहरु जस्तै-अार्थिक कठिनाइ , प्रेम वियोग , पारिवारिक सम्बन्धमा समस्या, नजिककाे व्यक्तिकाे मृत्युु,परिक्षामा असफलता, जागिर खाेसिनु ,

३.औषधिहरु :- oral contraceptives, antihypertensive drugs

४. लामो समयदेखि मधुमेह, मृगौला, फोक्सो आदिको रोगबाट ग्रसित मानिसहरूलाई पनि डिप्रेसन हुन सक्छ । त्यस्तै थाइरोइड ग्रन्थीको गडबडीले पनि डिप्रेसन हुने सम्भावना धेरै हुन्छ ।

५.बच्चा जन्माएपछि केही महिलाहरुलाई डिप्रेसन हुन सक्छ ,
६.प्राय:बुढेसकालमा याे बढी हुन्छ ।

clinical features(चिन्ह तथा लक्षणहरु)
1. मन बिग्रनु ,
2.दिक्दारिपन,
3.निद्रा राम्रो नहुन ,
4.अरुचि हुनु र दुब्लाउनु ,
5.दिशा कब्जियत हुनु,
6.दैनिक कामकाजमा मन नलाग्नु,
7.चाडाे-चाडाे रिसाउनु,
8.एक्लै बसिरहन मन पराउनु ,
9.आत्महत्या गर्ने काेशिश गर्नु,
10आत्मविशवासकाे कमि हुनु,
11.याैन ईच्छामा कमी अाउनु,
12.कमजोरी वा थकावट महशुस भइरहने ,
13.एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुने,
14.केटाकेटीहरूलाई डिप्रेसन भएमा खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण पनि देखा पर्छन,
15.विभिन्न शारीरिक लक्षणहरु देखा पर्छन । जस्तै: पेट दुख्ने, टाउको दुख्ने,खाेकी,रिगंटा लाग्ने,छाती या पिठ्युँ दुख्नु,थकाइ महशुस हुने ।

Depression पहिचान गर्ने तरिका

सामान्य डिप्रेसन रागको पहिचान लक्षणहरूका आधारमा गरिन्छ । तर केही अवस्थाहरूमा थप जाँचहरूको पनि आवस्यकता पर्छ । जस्तै थाइरोइड ग्रन्थीको जाँच, टाउकोको सिटीस्क्यान र अन्य जाँच पनि गर्न सकिन्छ ।

Treatment:-(उपचार )
डिप्रेसनकाे उपचार गर्दा राेगीकाे कुनै शारीरिक राेग छ छैन निदान गर्नु पर्छ र भएमा त्यसकाे उपचार गर्नु पर्छ ।।

1.सामान डिप्रेसनकाे उपचार:
•राेगीलाई आफ्नो साेचाई,ईच्छा र दुबिधा भन्न दिने ,
•राेगीलाई मानसिक रुपले ढाडस दिदै यी लक्षणहरु केही समयसम्म मात्रै रहने खालका हुन र पूर्णरुपले ठिक हुन्छ भनेर सम्झाउने ,
•शारीरिक रुपमा देखिएका लक्षणअनुसार उपचार गर्ने,
•जाँड, रक्सी तथा अन्य लागुपदार्थको सकेसम्म सेवन गर्न नदिने,
• सन्तुलित एवं पौष्टिक भोजन खान दिने,
•शारीरिक व्यायाम तथा कसरत गर्न लगाउने ,
• सकेसम्म आफनो दैनिक काम जारी राख्ने ,
•डिप्रसन भएको अवस्थामा जीवनका महत्वपूर्ण निर्णयहरू नगर्ने ।

घरपरिवारकाे भुमिका

१.आफनो परिवार र मित्रमा डिप्रेसनको लक्षण देखिएमा उसलाई उपचार गर्नका लागि प्रोत्साहित गर्नुपर्छ । यो धेरै जनालाई हुनेसमस्या हो र उपचारले राम्रो हुन्छ र उपचारको लागि चिकित्सकको मद्दत लिनु कमजोरीको लक्षण होइन भन्नेकुरा राम्ररी सम्झाउनु पर्छ ।

२. डिप्रेसन भएका मानिसहरूसँग समय बिताउने, उनीहरूसँग गफ गर्ने र उनीहरूलाई हौसला प्रदान गर्ने,
३. उनीहरूले राम्ररी भोजन गरे–नगरेको ख्याल गर्नुहोस् र उनीहरूलाई जाँड, रक्सी खानबाट निरुत्साहित गर्ने,
४. उनीहरूले आत्महत्याको कुरा गरेमा त्यस कुरालाई गम्भिरताकासाथ लिने। यो कुरा
५. बिरामीलाई बिष, डोरी र हातहतियारको पहुँचबाट पर राख्ने,

कडा डिप्रेसनकाे उपचार
यसप्रकारकाे डिप्रेसनमा राेगीले अाफनाे दैनिक कामकाज राम्रोसँग गर्ने सकेदैन ।अात्माहत्या गर्ने समभावना भएमा राेगीलाई एक्लै नछाेडने ।
यस्ता राेगिलाई निम्न औषधि प्रयाेग गर्न सकिन्छ –
Tab.Amitriptyline 75-150 mg per day ,
Tab.imipramine 75-150 mg per day,
Amitriptyline initially 25 mg BD After food दिने ।
अन्य Therapy पनी प्रयाेग गर्न सकिन्छ :-
1.Psychotherapy :-राेगीसंग सुमधुरसम्बन्ध कायम गर्ने ,
2.Behavioural therapy :-
3.Cognitive therapy:-राेगीकाे नकारात्मक साेचाइ हटाई अात्मबल बढाउने, र सकारात्मक साेचाइकाे विकास गराउने,
4.Drug therapy:-
5.Electro-consulsive therapy:-कडा डिप्रेसनमा
6.Counselling:- विशवासिलाे method
6.Vocational therapy:-राेगीले सक्ने काममा लगाई उसकाे धयान केन्द्रित गराउने,
7.Socail intervention therapy:-राेगीलाई समाजिक कार्यमा संलग्न गराउने,
लेखक : लेखिका भट्ट , भुवन जाेशी

२०७८ जेठ ४ गते प्रकाशित ।

 

 


लाजबाट सुरु भएको कपडाको इतिहासदेखि वर्तमान अस्तित्व र आधुनिकीकरणसम्म

लाजबाट सुरु भएको कपडाको इतिहासदेखि वर्तमान अस्तित्व र आधुनिकीकरणसम्म

वि.सं.२०८२ असार ३ मंगलवार १९:१५

कपडाको इतिहास मानव सभ्यताको इतिहाससँग जोडिएको हुन्छ। जब मानव जातिले...

सहकारीबाट समृद्धितिर: उपभोक्ता सहकारीको चुनौती र सम्भावना

सहकारीबाट समृद्धितिर: उपभोक्ता सहकारीको चुनौती र सम्भावना

वि.सं.२०८२ जेठ २५ आइतवार १२:३५

उपभोक्ता सहकारीको अवधारणा सामाजिक, आर्थिक र नैतिक मूल्यमा आधारित सामूहिक...

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १७ शनिवार १३:०५

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको...

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:१५

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का...

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:३६

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४...

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:००

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र...