back

पुनर्मिलनको लागि एमाले कार्यदलको भेट दिउँसो तीन बजे

काठमाडौं । पार्टी पुनर्मिलनका लागि आधार तय गर्न बनेको एमाले कार्यदलको पहिलो बैठक दिउँसो तीन बजे बस्न लागेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको सहमति अनुसार दुवै पक्षबाट पाँच–पाँच जना सदस्य रहेको वार्ता टोली गठन भएपछि आज पहिलो भेट हो । उक्त वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

संस्थापन पक्षतर्फका कार्यदल संयोजक सुवास नेम्वाङले बैठक दिउँसो तीन बजे बस्न लागेको भएपनि को–को र कतिजना उपस्थित हुने भन्ने कुरा अझै नखुलेको बताएका छन् ।

कायर्दल सदस्य शंकर पोखरेल दाङ गएका छन् भने अर्का संयोजक भीम रावल आँखामा समस्या भएका कारण आराम गरिरहेका छन् ।

कार्यदलको हिजो तय बैठक रावलको आँखा अस्वस्थताका कारण स्थगित गरिएको थियो ।

२०७८ जेठ ४ गते प्रकाशित


तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

वि.सं.२०८१ चैत १४ बिहीवार १६:५३

रौतहट । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा...

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४३

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले सञ्चालन...

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४१

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाइमा काठमाडौं महानगरपालिका ३१...

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १५:०६

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १४:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा...

शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु : प्रचण्ड

शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु : प्रचण्ड

वि.सं.२०८१ चैत १४ बिहीवार १२:१३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिआरसीमा...