back

आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर आएमा मात्रै सरकारमा जाने जसपाको अडान

काठमाडौं । जसपाले आफु तत्काल सरकारमा नजाने जनाएको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलवार संयुक्त वक्तव्य जारी गर्दै आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा मात्रै सरकारमा रहने बताएका हुन् । विभाजनको डिलमा पुगेको जसपाका दुई अध्यक्षद्धय ठाकुर र यादवले जारी गरेको वक्तव्यमा तत्कार सरकारमा नगई पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने उल्लेख छ ।

जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् ।

‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क-वितर्क एवम् अइकलबाजीहरू भइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’

समायोजन हुन नसकेका पार्टी संगठन, भातृ संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई यथाशीघ्र सम्पन्न गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । ‘पार्टीमा उत्पन्न भएका समस्याहरूलाई आफू संगठित रहेको पार्टी संगठनभित्र छलफल गरी पार्टी विधान अन्तरगत रहेर नै समाधान गर्नु पर्दछ,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

पार्टीभित्र गुटबन्दी गर्ने, गुट-उपगुट खडा गर्ने र पार्टी नेताहरूका विरुद्ध भ्रम फैलाउने काम पनि बन्द गर्नुपर्नेमा उनीहरूको जोड छ।

२०७८ जेठ ४ गते प्रकाशित


शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५५

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक...

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५१

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा...

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४१

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी...

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा...

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:१०

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११...