back

नेपालको व्यापार घाटा नौ महिनामा साढे १० खर्ब : कुन देशमा कती आयात ,निर्यात ?

नेपालले ३२ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा कमाएको छ ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले साढे १० खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत चैत मसान्तसम्ममा कूल १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख बराबरको वैदेशिक व्यापार गर्दा नेपालले १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख घाटा व्यहोरेको हो ।

चालु आर्थिक वर्षको नौ महिना अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख बराबरको आयात र एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख बराबरको निर्यात भएको विभागको तथ्यांकबाट देखिन्छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा अवधिसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात दुई दशमलव ८४, निर्यात तीन दशमलव ६६, व्यापार घाटा दुई दशमलव ७५ र समग्र वैदेशिक व्यापार दुई दशमलव ९२ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको शुरुआती नौ महिना अवधिमा मुलुकले कूल १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबरको वैदेशिक व्यापार गर्दा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख बराबर व्यापार घाटा ब्यहोरेको थियो ।

नेपालले सबैभन्दा ठूलो वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र यो अवधिमा छ खर्ब ५१ अर्ब ८० करोड व्यापार घाटा ब्यहोरेको छ ।

भारतबाट सात खर्ब २९ अर्ब ६५ करोड ८५ लाख बराबरको वस्तु आयात हुँदा रु ७७ अर्ब ८५ करोड ५२ लाख बराबरको निर्यात भएको छ ।

त्यस्तै, अर्को छिमेकी मुलुक चीनसँग दुई खर्ब १६ अर्ब ७६ करोड ९५ लाख बराबरको आयात गर्दा दुई अर्ब ११ करोड ४४ लाख बराबरको मात्रै निर्यात भएको छ । चीनसँगको व्यापार घाटा दुई खर्ब १४ अर्ब ६५ करोड बराबर छ ।

नेपालले गर्ने वैदेशिक व्यापारमा बढी घाटा देखिएको मुलुकमा संयुक्त अरब इमिरेट्स (युएई) तेस्रो स्थानमा छ ।

युएईबाट २० अर्ब ४८ करोड सात लाख बराबरको आयात हुँदा एक अर्ब ९५ करोड ७९ लाख बराबरको मात्रै निर्यात भएको छ ।

युएईसँगको व्यापारघाटा १८ अर्ब ५२ करोड २७ लाख बराबर छ । त्यसैगरी नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकमा युक्रेन चौथो, मलेसिया पाँचौं र अस्ट्रेलिया छैटौं स्थानमा छन् । यी मुलुकसँगको व्यापारघाटा क्रमश ः १४ अर्ब ९० करोड, १४ अर्ब १६ करोड र नौ अर्ब पाँच करोड रहेको छ ।

नेपालले ३२ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा कमाएको छ । सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग देखिएको छ । डेनमार्कमा नेपालले २८ करोड ७७ लाख ७१ हजार बराबरको आयात र ६७ करोड ८३ लाख ७५ हजार बराबरको निर्यात गर्दा ३९ करोड छ लाख तीन हजार बराबर व्यापार नाफा कमाएको छ ।

त्यस्तै, अफगानिस्तानसँग १८ करोड नौ लाख, नर्वेसँग १० करोड ८४ लाख र सुडानसँग तीन करोड ४३ लाख व्यापार नाफा देखिएको छ ।


अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छ, लोक रिझ्याइँको पछि लागेर हुँदैन : अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छ, लोक रिझ्याइँको पछि लागेर हुँदैन : अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

तेस्रो लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत

तेस्रो लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:३०

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा...

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:०७

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर...

अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०२४ सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०२४ सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२८

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:३४

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्...