back

२८ बर्ष बित्यो ! अझै पत्ता लागेन मदन भण्डारीको हत्यारा

दासढुंगा काण्ड : आज जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवस हो । जनताको बहुदलीय जनवादका प्रवर्द्धक भण्डारी र नेता आश्रितलाई आफ्नो आदर्श नेता मान्ने नेकपा एमाले र उसका नेता–कार्यकर्ताले स्मरण गर्दैछन् । २८ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म खुलासा हुन नसकेको एमालेभित्र हरेक वर्ष चर्चा हुने गर्छ ।

भण्डारीको विचार र सिद्धान्तका कारण नेकपा एमाले पटक– पटक ठूलो पार्टी र सरकार बनाउन समेत सफल भएको छ । त्यतिमात्रै होइन, मदनलाई मार्गदर्शक मानेर २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको थियो । तर, आन्तरिक किचलोले नेकपा विघटन भएर पुनः एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केका छन् ।

दासढुंगा : अब लागौ दासढुंगा घटना तिर सिमसिम पानी परीरहेको थियो। बा अ च ८७२३ नम्बरको जिप पृथ्वी राजमार्गमा गुडिरहेको थियो। नेकपा एमाले कास्की जिल्ला अधिवेशन सकेर भरतपुरतिर लागिरहेका थिए महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज ‘आश्रित’।

चितवनको दासढुंगा भन्ने स्थानमा पुग्दा जीप असन्तुलित भयो र एउटा भुष थुपारिएको ठाँउ छेउबाट बा अ च ८७२३ नम्बरको जीप त्रिशुली नदीमा खस्यो।

चालक अमर लामा जिउँदै भए। बाँकी दुई जना नदीमा बेपत्ता। पछि दुवैको लाश भेटियो। जीवराजको शब त्यही गाडीमा भेटियो भने भण्डारीको शब नारायणीको भंगालोमा २ दिन पछि मात्र फेला पर्यो । २८ वर्ष भयो यो घटना भएको तर अझैसम्म यसको रहस्य खुल्न सकेको छैन। एक मात्र साक्षी अमर लामाको पनि रहस्यमय तरिकाले हत्या गरिएपछि यो रहस्य सँधैका लागि रहस्यमय भएको छ।

भण्डारि केवल एमालेका नेता भएकाले मात्र होईन, राजतन्त्रलाई चूनौती दिने, विदेशी शक्तिलाई चु्नौती दिने र एक छत्र शासन गरीरहेको काँग्रेसलाई चुनौती दिने सही या गलत त्यसको आधार फरक होला तर कम्युनिष्ट आन्दोलनको नयाँ स्वरुपलको ब्याख्या गरेर ठूलो प्रभाव बनाउन सफल नेता भण्डारी निकै लोकप्रिय र स्थापित नेता थिए ।

अचम्म त यो छकि २८ बर्ष सम्म पनि उनलाई त्रिसुलीमा खसालेर मार्ने योजनाकार को हो ? के कारण उनलाई मारिएको थियो यो देशले पत्ता लगाउन सकेन?

स्वर्गीय मदन भण्डारीको नाम जोडिएकाले होस् या कम्युनिष्ट आन्दोलनमा योगदान गरेका कारणले होस्, उनकी जीवन संगीनी विद्यादेवी भण्डारी दोस्रो कार्यकाल सम्म राष्ट्रपति बनिरहेकी छन् ।  उनी यति शक्तिशाली हैसियतमा हुदाँ समेत उनले आफ्नै पतिका हिशाबले परिवारको सदस्यका हिशाबले समेत मदन भण्डारीको हत्यारा खोज्न त्यत्रो प्रयास र दबाब नबनाएको गुनासो एमाले वृतभित्र छ ।

अर्कोतिर नेकपा एमालेको बहुमतको सरकार बने पछि वा आफूहरु सरकारमा पुगे पछि हत्यारा पत्ता लाग्छ भनेर त्यतिखेर बयानबाजी गर्ने र मदनभण्डारीको हत्या सम्बन्धि पार्टीबाट छानविन गर्न बनेको आयोगका प्रमुख केपी शर्मा ओली मदन भण्डारी र जीवराजको हत्याको करीब डेढ बर्ष पछि देशका गृहमन्त्री भए, मनमोहन अधिकारी प्रधानमन्त्री ।

निकै ठूलो आन्दोलन गरेको एमाले जब सरकारमा गयो तर पनि नेता भण्डारीको हत्यारा खोज्ने क्रममा सुन्य सावित भयो। प्रचण्डले आफू पनि मदन भण्डारी जस्तै मारिन सक्ने भन्दै बेला बेलामा भण्डारीको हत्या देशी विदेशी शक्तिले गराएको बताउने गरेका छन् । तर दुई पटक प्रधानमन्त्री भएका प्रचण्डले पनि त्यो पत्ता लगाउन सकेनन् ।

अहिले केपि सर्मा ओली प्रधानमन्त्री भएको तीन बर्ष पार भएको छ त्यो पनि दोस्रो पटक तर अहँ अहिले सम्म उनको मुखबाट मदन भण्डारीको हत्यारा खोज्ने कुरा सुनिएको छैन भने सरकारले कुनै कदम चाल्न सकेको छैन ।

दुई वर्ष अघि मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने क्रममा अहिलेका गृहमन्त्री राम बहादुर थापाले मदन भण्डारीको हत्यारा छिट्टै पत्ता लाग्ने भनेर बोले । शायद त्यो भण्डारीको निर्जीव शालिकले त सुनेन होला तर सञ्चारमाध्यमका लागि समाचारको बिषय बन्यो तर सरकारको खोजी र हत्यारा पत्ता लगाउने प्रकृया कहाँ पुग्यो कुनै रिपोर्ट सार्वजनिक छैन ।

पहिला २२ महिना प्रधानमन्त्री भएका मदन भण्डारीपछि लामो समय पार्टीको नेतृत्व गरेका माधव कुमार नेपालले पनि कुनै कदम चालेनन् । बरु त्यसको साटो उनले मलाई कसैले सम्झाएन, मैले पनि बिर्सेछु भनेर प्रतिकृया दिएको विभिन्न मिडियामा प्रकाशित भएको थियो ।

यो कति सम्म लाचार तर्क छ एउटा कुसल र स्थापित नेताको हत्यारा पत्ता लगाउने कुरामा सरकार प्रमुख, पार्टी प्रमुखले नै बिर्से पछि के हुन्छ ?

त्यस पछि मदन भण्डारीको बहुदलीय जनवादलाई दक्ष प्रजापतिको टाउकोको संज्ञा दिएका झलनाथ खनाल पनि प्रधानमन्त्री भए तर उनले पनि केही माखो मारेनन् मदन भण्डारीको हत्यारा पत्ता लगाउन ।

त्यत्रो आन्दोलन गरेर हत्यारा पत्ता लगा भनेर काँग्रेसको सरकार विरुद्ध आन्दोलन गर्ने नेताहरु आफै सरकार प्रमुख भएर आए पछि आश्चर्यजनक मौनताको पछाडी के रहस्य छ ? यो भन्न सक्ने स्थिति छैन ।

अमर लामाको हत्या 

दासढुंगाको रहस्य कस्तो छ भने जीप रोक्न कुनै ब्रेक लगाउने कोशिस गरेका थिएनन् चालक अमर लामाले भन्ने स्पष्ट हुन्छ । नेकपाकै नेताहरुले पटक पटक त्याहाँ भुष थुपारिनु, गाडीमा ब्रेक लगाउने कोशिस नहुनु (भएको भए सडकमा टायर घोटिएको केही निशाना हुनेथियो ) , यति सम्म कि गाडीमा रहेका दुई नेताको मृत्इु हुनु तर चालक भने सकुसल रहनु । उनी चितवन पुगेर नेताहरुलाई फोन गर्न भ्याउनु , उनको गोजीमा रहेको पैसा समेत नभिजेको अवस्थामा हुनु ।

यी प्रमाणहरुले अमर लामालाई अनुसन्धान गर्दा घटनाको रहस्य स्पष्ट ढंगले खुल्ने संभावना थियो । तर उनी केही बर्ष जेल बसेर निस्के पछि ६० सालमा गोली हानेर हत्या गरियो । त्यो हत्या माओवादीले गरेको भन्ने एमालेको आरोप रहेको थियो । तर त्यो पनि त्यतिकै सेलायो र मदन भण्डारीको हत्यारा पत्ता लाग्ने संभावना झन झन कमजोर बन्यो ।

भण्डारीको हत्या हो भन्ने शंकास्पद कारणहरु छन् ।

भण्डारी र आश्रितको रहस्यमय हत्या पछि एमालेले आन्दोलन गर्यो । काँग्रेसको सरकारले पूर्व प्रधानन्यायधीश प्रचण्डराज अनिलको नेतृत्वमा छानविन आयोग बनायो तर त्यसले हत्या र दुर्घटना केही पनि किटान गर्न सकेन, एमालेको आन्दोलन रोकिएन ।

त्यस पछि फेरी बहालवाला न्यायधीश त्रिलोक प्रताप राणाको नेतृत्वमा अर्को आयोग गठन गरियो । यसले पनि हत्या हो भनेर एकीन निष्कर्ष दिएन ।
पद्मरत्न तुलाधरको नेतृत्वमा अर्को स्वतस्फुर्त आयोज जस्तो बनाईयो । त्यसले मात्रै यो दुर्घटना नभई षड्यन्त्रमुलक हत्या भएको प्रतिवेदन दियो ।

एमालेले केपी ओलीकै नेतृत्वमा आयोग बनाएको थियो पार्टीको तर्फबाट । त्यही बेला एमालेको सरकार बन्यो , कार्यकर्ता र जनताले दबाब दिए । संभवतः मदन भण्डारीको हत्या पछि बढेको सहानुभुति र उनको प्रभावकै कारण एमाले सरकारमा जान सक्ने गरी निर्वाचन जीत्न पनि सफल भयो तर दुर्भाग्य आफ्नै सरकार हुदाँ पनि तात्कालीन एमालेले भण्डारी हत्याको छानविन र अनुसन्धान गर्न सकेन ।

समय नपुगेको , छोटो समय भएको भनेर टारीयो ।

प्रश्न गर्ने माध्यमहरु

गाडी दुर्घना हुनु पर्ने कारण के थियो ? कुनै गाडीसगँ ठोक्किएको थिएन । कुनै आकस्मिक ब्रेक लगाएर टायर घस्रिएको पनि थिएन । तर एक सय ५० फिट तल ढृंगामा बजारिदै गएको गाडीबाट दुई नेता पानीमा परेर , बजारिएर मर्नु तर त्यसका चालक अमर लामा सकुसल बाँच्नु यो प्रथम प्रश्न हो , जसलाई प्रश्नको रुपमा उठाईयो तर कठोर अनुसन्धानको बिषय बनाईएन । फलतः उनको समेत हत्या भयो ।

१० बर्ष पछि । अमर लामाले पौडेर बाँचे भनेका थिए तर उनको सटको गोजीमा भएको पैसा निकाल्दा भिजेको थिएन । लुगा भिजेको थिएन । गाडी फोर ह्वील न्युट्रलमा राखेर कुदाईनु, त्यति सजिलो बाटोमा एक नं. गियरमा गाडी हाँकिनु । त्यो दुर्घटना स्थलमा भुषको दुई वटा थुप्रो कसले थुपारेको थियो ? त्याहाँ कुनै कृषकको घर थिएन । फेरी पनि सडकमा भुषको थुप्रो अनि त्यसैको बीचबाट गाडी खस्ने ? कतै त्यो गाडी त्यहीबाट खसाल्नु पर्छ भनिएको त थिएन भन्ने प्रश्न उठ्यो तर जवाफ २८, बर्ष सम्म पनि आएको छैन ।

त्यसै गरी सरकारको दुई वटा आयोगले बनाएको प्रतिवेदन, एमाले आफैले ओली नेतृत्वमा बनाएको आयोगको प्रतिवेदन, पद्मरत्न तुलाधर नेतृत्वको आयोग । यति आयोग बनाएर काम गर्दा पनि रहस्य किन खुटिएन ? अझ अर्को रहस्य त मृत शरीरबाट भण्डारी र आश्रितको भिसेरा रिपोर्ट बनाउन तात्कालीन डा. श्याम तामाङले मुटु, कलेजो, गिदीका केही टुक्रा राख्न लगाएका थिए तर पछि त्यो नै फेरीएको कुरा समेत सार्वजनिक भएको थियो ।

यस्तै पोष्टमार्टममा पनि स्वभाविक दुर्घटना , पानीका कारण मात्रै मृत्यु नभई स्वास अवरुद्ध भएको समेत रिपोर्ट दिईयो । तर केही लागेन । ओली नेतृत्वमा बनेको प्रतिवेदन अहिले सम्म पार्टी कार्यलयमा छ या कहाँ छ पत्तो छैन ।

मदन भण्डारीकी पत्नी विद्या समेत दुई पटक निर्वाचन जीतेर राष्ट्रपति हुनु अघि रक्षा मन्त्री जस्ता पद पनि पाएकी थिईन् तर २८, बर्षमा विद्याका पति ।,एमालेका नेता समग्रमा भन्दा जनताका अलि आशलाग्दा रुपमा उभिएका नेता, राजतन्त्रलाई चुनौती दिन सक्ने नेताको हत्या वा मृत्यु ईतिहासको पानामा वा दन्त्य कथामा सीमित हुने दिशातिर जादै छ तर पत्तो केही लाग्दैन ।अब त यो घटना धेरै पुरानो भयो।

आज केही औपचारिक कार्यक्रममा फूलमाला चढाउने गरिन्छ। सेतो सारी लगाएर दुई पटक चुनाव जितेकी मदनपत्‍नी विद्या भण्डारीले पनि पतिको ‘हत्यारा’ खोज्न दबाब दिन सकिनन्। त्यसैले यो रहस्य कहिले नखुल्ने भयो।  अहिलेको घटनाक्रम हेर्दा अझै पनि पत्ता लाग्ने संभावना कमै देखिएको वाम बुद्धीजीवीहरु बताउछन् ।

२०७८ जेठ ३ गते प्रकाशित ।


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

वि.सं.२०८० असार १९ मंगलवार ११:१५

काठमाडौं । निर्वाचन आयोगले एउटा तहमा चुनाव पराजित भएको व्यक्ति...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

वि.सं.२०८० असार १८ सोमवार १३:४१

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

वि.सं.२०८० असार १७ आइतवार १३:०२

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना...

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

वि.सं.२०८० असार १५ शुक्रवार १०:०७

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल...