back

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या एकै दिन चार हजार बढी

काठमाडौँ । भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १२० जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३१७ जनाको ज्यान गइसकेको छ ।

मन्त्रालयका अनुसार दैनिक कोभिड–१९ का संक्रमितको संख्यामा भने केही कमी आएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा तीन लाख ६२ हजार ७२७ जना नयाँ संक्रमित थपिएका छन् भने तीन लाख ५२ हजार संक्रमणमुक्त भएका छन् ।

भारतमा हालसम्म दुई करोड ३७ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् जसमध्ये एक करोड ९७ लाख ३४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख १० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

भारतको राजधानी नयाँ दिल्ली, मुम्बई समेतका ठूला शहरमा कोरोनाभाइरसबाट पीडित बिरामीको उपचारमा ठूलो संकट उत्पन्न भएको छ । विभिन्न प्रमुख शहर एवं राज्यमा स्थानीय तहमा सरकारले पूर्ण लकडाउन, आंशिक लकडाउन, प्रतिबन्ध, कफ्र्यु समेतका उपायहरु घोषणा गरे पनि केन्द्र सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ ।

सरकारले कोभिड–१९ विरुद्धको खोपलाई पनि तिब्र गतिमा अगाडि बढाएको छ । देशव्यापी रुपमा पर्याप्त खोप नभए पनि सरकारले १८ वर्षदेखि माथिका सबै नागरिकलाई खोप उपलब्ध गराउन शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म १७ करोड ७२ लाख व्यक्तिले खोप लगाएका छन् ।

२०७८ वैशाख ३० गते प्रकाशित


मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

वि.सं.२०८१ माघ २ बुधवार १२:३२

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम...

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

वि.सं.२०८१ माघ १ मंगलवार १३:३०

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा...

आज क्रिसमस दिवस : देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम गरि मनाइँयो

आज क्रिसमस दिवस : देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम गरि मनाइँयो

वि.सं.२०८१ पुस १० बुधवार १७:२२

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा...

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १०:५५

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै गएको छ ।...

अव सरकारी फाइल ‘ट्रयाकिङ सिस्टम’आउँदै, सरकारी कर्मचारीले विभिन्न बहानामा फाइल अड्काउने प्रवृत्ति अन्त्य

अव सरकारी फाइल ‘ट्रयाकिङ सिस्टम’आउँदै, सरकारी कर्मचारीले विभिन्न बहानामा फाइल अड्काउने प्रवृत्ति अन्त्य

वि.सं.२०८१ कात्तिक ५ सोमवार १७:२३

काठमाडौं । सरकारले सरकारी फाइलहरुको ‘ट्रयाकिङ सिस्टम’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद...

संसद्‌बाट टीआरसी विधेयक पारित गर्ने तयारी, शीर्ष नेताहरूले सम्बोधन गर्ने

संसद्‌बाट टीआरसी विधेयक पारित गर्ने तयारी, शीर्ष नेताहरूले सम्बोधन गर्ने

वि.सं.२०८१ साउन ३० बुधवार १०:५७

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमाथि आज संघीय संसदको...