back

टोखा नगरपालिकाको ९ नम्बर वडामा ‘एक वडा, एक पार्क’ नीति कार्यान्वयन

nactional life

काठमाडौं । टोखा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले टोखा नगरपालिकाले लिएको नीतिअनुसार, एक वडा, एक पार्क अनुसार बागमती सभ्यतासँग सहकार्य गरेर एउटा पार्क बनाउने प्रक्रियामा रहेको बताएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले टोखा नगरपालिकाले पूर्वाधारको पक्षमा ८५% काम सकिसकेको भन्दै स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको बताए ।

उनले भने, ‘पूर्वाधारमा हामी ८५% काम सकिसकेका छौ र स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका छौ । टोखा नगरपालिकाले लिएको नीतिअनुसार, एक वडा, एक पार्क भने जस्तै, हामीले बसपार्कको नजिकै बागमती सभ्यतासँग सहकार्य गरेर, एउटा पार्क बनाउँदै छौँ । झन्डै ३ रोपनी जग्गामा फैलिएको पार्कले के गर्छ भने, यो एसियाको नमुना बसपार्कको अगाडि रहेको छ । यसले टोखाको समग्र झलक दिनेछ र त्यो पार्क झनै अन्तिम चरणमा पुगेको छ ।’

यस्तै, उनले प्रतिबद्धता अनुसारको खानेपानी पु¥याउन नसकेको भन्दै त्यसको लागि यसपालि बजेट विनियोजन भएको र मेलम्ची खानेपानीसँग पनि सहकार्य गरेर अगाडि बढि रहेको बताए ।

उनले भने, ‘हामीले प्रतिबद्धता गरे अनुसारको एउटा खानेपानी पूर्ण रूपमा पुर्याउन सकिरहेका छैनौ। त्यसको लागि यसपालि पनि दुईटा बोरिङ गरिसक्यौँ र थप बोरिङ गर्नको लागि बजेटिङ विनियोजन गरिसकेका छौ । यसपालि हामी अर्को थप बोरिङ गरेर खानेपानीको समस्या समाधान गर्ने पक्षमा छौं । हामीले मेलम्ची खानेपानीसँग पनि सहकार्य गरेर, हप्ताको दुई दिन जनताको घरघरमा पानी आइपुग्ने गरी सहकार्य गरेका छौँ । अहिले समग्र हेर्दा हामी काममा निकै अगाडि बढेका छौँ ।’

टोखा नगरपालिका वडा नं ९ मा रहेका सार्वजनिक जग्गा र मठमन्दिर संरक्षण गर्ने र जेष्ठ नागरिक, बालबालिका र युवाहरुको हितका लागि कार्य गरेर अगाडि बढिरहेको पनि उनको भनाई छ ।

यस्तै, उनले दिगो विकासका लागि टार्केश्वरमा पुल निर्माणको क्रममा रहेको भन्दै करिडोरलाई व्यवस्थित गर्ने, बाटोहरूलाई व्यवस्थित र सुव्यवस्थित बनाउने काम पनि भईरहेको जानकारी दिएका छन् ।

उनले भने, ‘दिगो विकासका लागि एउटा टार्केश्वरमा पुल निर्माण गर्यौ र त्यो पुल अन्तिम चरणमा पुगेको छ । अन्य कुराहरूको लागि करिडोरलाई व्यवस्थित गर्ने, बाटाहरूलाई व्यवस्थित र सुव्यवस्थित बनाउन धेरै काम गरिसकेका छौ । हामीले खानेपानी, ढलको काम सबै पूरा गरेर मात्र बाटो विस्तार गर्ने काम गर्छौ । अब आगामी वर्षमा हामीले गर्नुपर्ने भनेको यहाँ रहेका युवा, जेष्ठ नागरिक र जनताहरूलाई दिनुपर्ने सेवा सुविधाका लागि तत्पर भएर लाग्ने हो ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वि.सं.२०८३ असार २ मंगलवार १२:१४

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले वर्षौंदेखि...

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

वि.सं.२०८३ असार २ मंगलवार ०८:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म हरेक...

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

वि.सं.२०८३ असार १ सोमवार १२:४९

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ...

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

वि.सं.२०८३ असार १ सोमवार १२:४१

इलाम । इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो...

काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:१७

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक...

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति...