back

अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

nactional life

काठमाडौं । संयुक्त राज्य अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा अमेरिकी सरकारको तर्फबाट नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले हस्ताक्षर गरेका छन् ।

सोही क्रममा सचिव मुकुन्द प्रसाद निरौलाले वर्तमान सम्झौताले मानव इतिहास, पहिचान र सभ्यताको प्रमाणको रूपमा सांस्कृतिक सम्पत्तिको रक्षा गर्ने सामूहिक जिम्मेवारीलाई सुधार गरेर सम्बन्धलाई अझ बलियो बनाउने बताएका छन् ।

उनले भने, ‘वर्तमान सम्झौताले मानव इतिहास, पहिचान र सभ्यताको अपूरणीय प्रमाणको रूपमा सांस्कृतिक सम्पत्तिको रक्षा गर्ने हाम्रो सामूहिक जिम्मेवारीलाई सुधार गरेर यो सम्बन्धलाई अझ बलियो बनाउँछ । नेपालले सांस्कृतिक वस्तुहरूको अवैध ओसारपसार रोक्न र विशेष गरी चोरी र अवैध रूपमा निर्यात गरिएको सांस्कृतिक सम्पत्तिको सफलतापूर्वक हस्तान्तरण र मर्मत संरक्षणमा अमेरिकी सरकारको निरन्तरता र प्रशंसनीय सहयोगको उच्च प्रशंसा गरेको छ ।’

यसले वर्तमान र भावी पुस्ताका लागि सांस्कृतिक सम्पत्ति सुरक्षित छ भनी सुनिश्चित गर्न सूचना आदानप्रदान, रोकथामका उपायहरू, क्षमता निर्माण र जनचेतनामा सुधार गर्न योगदान पु¥याउने पनि उनको भनाई छ ।

साथै, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले पनि सांस्कृतिक सम्पत्ति सम्झौताहरू अमेरिकी सांस्कृतिक सम्पदा नीतिको एक केन्द्रीय स्तम्भ रहेको भन्दै आजको हस्ताक्षरसँगै नेपाल संयुक्त राज्य अमेरिकासँग यस्ता सम्झौता गर्ने विश्वका अन्य ३० देशहरूमा सामेल भएको बताए ।

उनले भने, ‘आजको हस्ताक्षरसँगै नेपाल संयुक्त राज्य अमेरिकासँग यस्ता सम्झौता गर्ने विश्वका अन्य ३० देशहरूमा सामेल भएको छ । सांस्कृतिक सम्पत्ति सम्झौताहरू अमेरिकी सांस्कृतिक सम्पदा नीतिको एक केन्द्रीय स्तम्भ हुन् । तिनीहरूले अमेरिकी सङ्कलकहरू, संग्रहालयहरू र सांस्कृतिक संस्थाहरूलाई अनजानमा लुटिएका वा तस्करी गरिएका पुराना वस्तुहरू खरिद गर्नबाट जोगाउँछन्, र तिनीहरूले व्यापार र सांस्कृतिक सम्पत्तिको शोषण गर्ने आतंककारीहरू र अन्तर्राष्ट्रिय आपराधिक संगठनहरूको वित्तीय सञ्जाललाई विघटन गर्छन् ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...