back

बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी

बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा बहुमूल्य जडीबुटीहरु चोरी निकासी हुन थालेपछी गाउँपालिकाद्वारा निगरानी गर्न थालिएको छ। देशकै दुर्गम पालिकाको रुपमा रहेको हिमालीमा बहुमुल्य जडिबुटी पाईने गरेको छ।

पालिकाको उच्च हिमाली क्षेत्रमा पाईने बहुमूल्य जडीबुटीहरु अवैध रुपमा चोरी निकासी हुने गरेको पाइएकोले गाउँपालिकाले निगरानी थालेको गाउँपालिकाले जनाएको छ। पालिकाको वडा नम्बर १ र ३ का विभिन्न ठाउँमा पाईने जडीबुटीहरु अनियमित तरिकाले उत्खलन गरी चोरी हुने गरेको छ। चोरी निकाशी भएको पाईए पछि गाउँपालिकाले बुधवार एक सार्वजनिक सूचना जारी गर्दै निगरानी गर्न सम्पुर्णमा आग्रह गरेको हो ।

गाउँपालिकाले जारी गरेको सूचनामा जडिबुटी चोरी निकासीको निगरानी गरी गाउँपालिकाको आर्थिक ऐन अनुसारको राजश्व संकलनका लागि सहजीकरण गर्न आग्रह गरिएको छ।
गाउँपालिकाको असोज १० गते बसेको कार्यपालिका बैठकले जडीबुटीको निगरानी गर्न सम्पुर्ण वडा कार्यालयलाई आग्रह गरेको हो।

गाउँपालिकाका विभिन्न ठाउँमा सेतोचिनी,जटामसी, सतुवा,चिराइतो, रातो च्याउ, पाँच औले,लसुन,गुच्ची च्याउ,पदमचाल,कटुकी पाँचऔले,भुल्ते,समय,बाजडी,गदाल्नो लगायत थुप्रै प्रकारका जडिबुटी पाईने गरेका छन्।

त्यस्तै कतिपय नामले नै नचिनिने जडिबुटी वन जङ्गलमा जताततै पाईने गरेका छन्। पछिल्लो समय गाउँपालिकाका विभिन्न जङ्गलबाट बहुमुल्य जडीबुटी चोरी हुन थालेपछि जडिबुटीको उत्पादनमा गिरावट आउँदै गएको छ । अवैध तरिकाले उत्खलन गरेर चोरी निकासी हुन थालेपछि जडीबुटीहरु लोप हुदैँ गएको छ ।

यहाँका स्थानीयको मुख्य पेशा जडीबुटी संकलन र पशुपालन हो। जडीबुटी व्यवसायबाट राम्रो आम्दानी गरिरहेका यहाँका स्थानीयलाई पछिल्लो समय जडीबुटीको चोरी निकासी बढेपछि संकलनमा समस्या हुँदै आएको छ। जडीबुटीबाटै यहाँका विभिन्न वडाहरुले लाखौं राजस्व संकलन गर्ने गरेकोमा त्यसमा पनि कमी आएको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

वि.सं.२०८३ असार २४ बुधवार १८:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक...

इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

वि.सं.२०८३ असार २३ मंगलवार १२:५०

इलाम । इलामका स्थानीय तहहरूले बहुसंख्यक नागरिकले बोल्ने मातृभाषालाई सरकारी...

नगर सभा १९ औँ अधिवेशनको चौथो बैठकबाट बजेट तथा, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित 

नगर सभा १९ औँ अधिवेशनको चौथो बैठकबाट बजेट तथा, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित 

वि.सं.२०८३ असार १९ शुक्रवार १३:४९

काठमाडौँ । आर्थिक वर्ष आ.व. २०८३/०८४ का लागि काठमाडौं महानगरपालिकको...

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०२

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरहरूले कार्यस्थलमा...