back

चार पालिकाले संयुक्त रुपमा नगरकोट भ्रमण वर्ष आयोजना गर्ने

नगरकोट । भक्तपुर, काठमाडौं र काभ्रेपलान्चोकका बिभिन्न चार नगरपालिकाको संयुक्त आयोजनामा ‘नगरकोट भ्रमण वर्ष २०८२’ आयोजना हुने भएको छ ।

नयाँ वर्ष २०८२ को शुभारम्भसँगै राष्ट्रपति रामचन्द्र पौडेलबाट बैशाख १ गते नगरकोटको बतासे डाँडामा भ्रमणवर्षको उद्घाटन गरिने छ । शुक्रबार नगरकोटमा पत्रकार सम्मेलन गरि भ्रमण वर्ष बारे जानकारी दिइएको हो ।

भक्तपुरको चागुनारायण नगरपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, काभ्रेको मण्डन देउपुर नगरपालिका र बनेपा नगरपालिकाको संयुक्त आयोजनामा हुने भ्रमण वर्षमार्फत नगरकोटमा एक लाख आन्तरिक र १० लाख वाह्य गरि ११ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।
नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र ईतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा भ्रमण वर्ष आयोजना गर्न लागिएको हो । भ्रमण वर्ष भित्रै नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेसमेत लक्ष्य आयोजकको छ ।

भ्रमण वर्ष मुल आयोजक समितिका संयोजक तथा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले भ्रमण वर्षको चारवटै नगरपालिकाले एकसाथ तयारी गरेको र प्रचारप्रसार गर्ने काम भइरहेको बताए ।

उनका अनुसार भ्रमण वर्षलाई लक्षित गरेर गाउँमा नमुना होमस्टेसमेत बनाइएको छ । नगरकोट आउने पर्यटकहरुले होमस्टेमा फरक अनुभव लिन पाउने छन ।

‘भ्रमण वर्षलाई लक्षित गरेर गाउँले खाना, कोदो र फापरका परिकार पर्यटकलाई चखाउने योजना बनाएका छौं, नगरकोट आउने पर्यटकलाई दोलालघाटसम्म पुर्याउने लक्ष्य महोत्सवमार्फत लिएका छौं’ मण्डन देउपुर नगरपालिकाका प्रमुख वाइबाले भने।

भ्रमण वर्षको अवधिभर चारवटा नगरपालिका भित्रका विभिन्न महत्त्वपूर्ण मठमन्दिर लगायत अन्य विविध धार्मिक, पौराणिक, आध्यात्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रहरुको भ्रमण गराइने छ। नगरकोटलाई पर्यावरणीय मनोरम दृश्यावलोकन, हिमाली दृश्यहरु, सुर्योदय र सुर्यास्तको मनोरम दृश्यावलोकनका लागि काठमाडौं उपत्यकाकै मुख्य पर्यटकीय गन्तव्यका रुपमा लिइने गरिन्छ।
चागुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोट काठमाडौं उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएको तर पछिल्लो समय ओझेलमा पर्दै गएको बताए। सो गुनासोपछि नगरपालिकाको पहिलो बैठकबाट नै भ्रमण वर्ष मनाउने घोषणा गरेको तथा सबैको सहकार्यसहित भ्रमण वर्ष मनाउन लागिएको जानकारी दिए।

‘नगरकोट काठमाडौं उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएको ठाउँ हो, तर पछिल्लो समय सडकसहितका कारणले ओझेलमा पर्दै गएको गुनासो आयो, नगरपालिकाको पहिलो बैठकबाट नै नगरकोट भ्रमण वर्ष मनाउने घोषणा गरिए अनुसार अन्य छिमेकी नगरपालिकासँगसमेत सहकार्य गरेर अघि बढेका हौं’ खत्रीले भने।

बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले भ्रमण वर्षमा आउने पर्यटकले पहिलेको नगरकोट र अहिलेको नगरकोटको फरक अनुभुती गर्न पाउने बताए। उनले नगरकोटको बसोवास र सडकमा पहिले र अहिले धेरै भिन्नता आएको दाबी गरे। शाक्यले नगरकोट भ्रमणमा आउने पर्यटकहरु बनेपाको चण्डेश्वरी मन्दिरसम्म पदयात्रा गर्दै जान सक्नेसमेत बताए।

मण्डन देउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणी नेपालले नगरकोटसँग चार नगरपालिकाको सम्बन्ध स्थापित गर्न समग्र नगरपालिकाको डीपीआर बनाउने काम भैरहेको बताए।

उनले गरकोटमा मात्र पर्यटक सिमित भैरहेको अवस्थामा चार वटै नगरपालिकाका जनप्रतिनिधिहरुमार्फत विकासको योजना बनाएर एक ठाउँमा आएका पर्यटकलाई अर्को ठाउँमा पुर्याउनका लागि भ्रमण वर्षले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए।

चागुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले भ्रमण वर्षमार्फत स्थानीय प्राकृतिक तथा धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने बताए। उनले पर्यटन, कृषि पर्यटन, विभिन्न जातजाति, भेषभुषा, जात्रा, पर्व र सांस्कृतिक पहिचानहरुको भ्रमण वर्षमार्फत उजागर गरिने बताए।

भ्रमण वर्षका विज्ञ सल्लाहकार घनश्याम खतिवडाले चारवटा नगरपालिकाको सबै सम्पदाहरुलाई चिनाउने उद्देश्य राखिएको बताए। उनले भ्रमण वर्षले फरक९फरक रहनसहन, रितिरिवाजलाई एकत्रित गर्नेसमेत बताए।

भ्रमण वर्षको सुभारम्भका दिन बतासे डाँडामा ५० भन्दा बढी स्टलहरु रहनेछन। यस्तै फुड स्टल तथा कृषि सामग्रीका स्टल, गुरुङ समुदायको संग्राहलय तथा प्रत्येक पालिकाका छुट्टाछुट्टै झाँकी भ्रमण वर्षको कार्यक्रममा प्रस्तुत गरिने छ। नगरकोट भ्रमण वर्षलाई नै लक्षित गरेर नगरकोटदेखि काठमाडौसम्म सिधा बस सेवा सुरु भइसकेको छ।

nactional life
Corporatebazar 11 Anniversary

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:५३

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा...

सबै स्थानीय तहमा १२ महिनै चल्ने गरी सडक पुर्याइने

सबै स्थानीय तहमा १२ महिनै चल्ने गरी सडक पुर्याइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३४

काठमाडौं । सरकारले सबै स्थानीय तहमा १२ महिना चल्ने सडक...

स्थानीय तहले कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने, कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा बाटो खुला

स्थानीय तहले कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने, कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा बाटो खुला

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १७:१२

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको...

रौतहटमा अब घरमै पासपोर्टः प्रशासन धाउनुपर्ने बाध्यताको अन्त्य

रौतहटमा अब घरमै पासपोर्टः प्रशासन धाउनुपर्ने बाध्यताको अन्त्य

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५६

रौतहट । राहदानी बनाउन र बनेको राहदानी लिन पटक–पटक जिल्ला...

सुकुमवासीको अस्थायी व्यवस्थापनका लागि पाँच केन्द्र तय

सुकुमवासीको अस्थायी व्यवस्थापनका लागि पाँच केन्द्र तय

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १६:४०

काठमाडौं । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा...

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको...