back
himalayan life

प्रत्येक पालिकामा आपतकालिन गोदामघर व्यवस्थापन गरिने

काठमाडौं । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्रीसहित मुलुकभरका स्थानीय तहमा आपतकालिन गोदामहरुको व्यवस्थापन गर्न पहल अघि बढाएको छ ।

शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरणको कार्यलाई प्रभावकारी बनाउन जोखिमको नक्साङ्कन, सुरक्षित बास्थान निर्माण, पुर्व तयारी, प्रतिकार्य, पुर्नलाभ, पुर्नस्थापनाका कार्यहरु राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिहरुले समन्वायत्मक रुपमा कार्य गर्ने निर्णय समेत भएको छ ।

त्यसैगरी बैठकमा नगर प्रहरीको क्षमता विकासमा माग अनुसार नेपाल प्रहरीले सहयोग गर्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता÷सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए । त्यस्तै पछिल्लो समय बढ्दै गएको लागू औषध दुव्र्यसन, आत्महत्या, सडक दुर्घटना, साइबर अपराध लगायतका सुरक्षा चुनौतीको न्यूनीकरण गर्दै नागरिकको जिउधन र सम्पत्तिको सुरक्षा गर्न नीति कार्यक्रम तथा पूर्वाधार निर्माणमा सहकार्यलाई थप सुदृढ बनाइने छ ।

प्रहरी समायोजनको कार्यलाई निष्र्कषमा पु¥याउन आवश्यक कानून परिमार्जन तथा व्यवस्थापकीय तयारीको कार्यलाई गृह मन्त्रालयले प्रदेश सरकारसंग समन्वय अगाढी बढाउने निर्णय भएको गृह मन्त्रायलले जनाएको छ ।‘देशको समग्र शान्ति सुरक्षाको अवस्था र प्रादेशिक रुपमा देखिएका सुरक्षा चुनौतीहरुको विश्लेषण तथा समिक्षा गरिएको छ,’ प्रवक्ता तिवारीले भने, ‘बैठकमा भएका निर्णय र प्राप्त सुझावसहितको प्रतिवेदन राष्ट्रिय समन्वय परिषद्मा पठाइनेछ ।’

पछिल्ला दिनमा देखिएका संविधान तथा व्यवस्था विरोधी गतिविधीहरुलाई निस्तेज गर्दै विद्यमान सुरक्षा चुनौतीहरुको सुक्ष्म निगरानी तथा नियन्त्रण गर्दै आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन गृह मन्त्रालय र प्रदेश सरकारका सम्वन्धीत मन्त्रालयहरुबीचको सहकार्यलाई प्रभावकारी बनाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले प्रादेशिक आपतकालिन गोदामहरु प्रदेश सरकारलाई हस्तान्तरण थालिएको जानकारी दिए ।

‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा हामीले प्रदेश सरकारलाई गोदामघरहरु हस्तान्तरण गरिसकेका छौं ।’ उनले भने, ‘अरु प्रदेशमा पनि हस्तान्तरण गर्ने र पालिकास्तरसम्म गोदामहरु सञ्चालनमा ल्याउने गरी प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक छ ।’ बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्की, बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरज चन्द्र लामिछाने, नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी पाण्डे, गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी, प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राथिकरणका कार्यकारी प्रमुख डा. दिनेश भट्ट लगायतले धारणा राखेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०२

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरहरूले कार्यस्थलमा...

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

वि.सं.२०८३ असार ११ बिहीवार १६:४७

काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक...

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

वि.सं.२०८३ असार ११ बिहीवार ०१:०६

ललितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई...

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...