back

प्रधानमन्त्रीको दौडमा छैन् : प्रचण्ड

पर्सा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् ।  नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको धारणा राखे ।

उनले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए । सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम सरकारमा रहँदा गरिएको स्पष्ट पारे ।

आर्थिक विकासको गति दिन र सुशासन कायम गर्न सरकार बाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो ।’ अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र वेथिति प्रोत्साहन गरेको आरोप लगाउँदै राम्रा काम गर्नेहरूलाई हतोत्साहित गरेको टिप्पणी गरे ।

यसअघि आयोजित नागरिक संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले वीरगञ्जको विकाससँगै देशभर देखिएका स्वास्थ्य, शिक्षा, पूर्वाधार र सुशासनका सवालमा जनताको साथ आवश्यक रहेको उल्लेख गर्दै जागरण अभियान जनसम्पर्कको उद्देश्यले अघि बढाइएको बताए ।

संविधान निर्माणको क्रममा नै दश वर्षभित्र संविधानको समीक्षा र परिमार्जन गर्ने विषय प्रष्ट पारिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो समयावधि पूरा हुन लागेको भन्दै संविधानको समीक्षा र परिमार्जन आवश्यक रहेको धारणा राखे । त्यसका लागि जनताको साथ अपरिहार्य भएकाले पार्टीले हुलाकी सडक केन्द्रित तराई–मधेस जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिने जानकारी दिए ।

nactional life
Corporatebazar 11 Anniversary

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३६

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३१

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:१५

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई...

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको...

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:४८

सिरहा । सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा भारतीय...