back

वित्त आयोगको अन्तिम नतिजामा मुगुम कार्मारोङ्ग गाउँपालिका उत्कृष्ट

nactional life

मुगु । प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहहरूको कार्य सम्पादन मुल्यांकनको अन्तिम नतिजा सार्वजनिक गरेको छ । मुगुमा रहेका चारवटा स्थानीय तहहरूको कार्य सम्पादन मुल्यांकनमा मुगुम कार्मारोङ्ग गाउँपालिका प्रथम भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत २५ गते देशभरका प्रदेश सरकार र स्थानीय तहहरूको कार्य सम्पादन मुल्यांकनको अन्तिम नतिजा सार्वजनिक गरेको थियो । सार्वजनिक गरेको नतिजा अनुसार, मुगु जिल्लाका चारवटा स्थानीय तहहरू मध्ये ६६ दशमलव ११ अंक ल्याउँदै मुगुम कार्मारोङ्ग गाउँपालिका प्रथम, ६१ दशमलव २० अंक ल्याउँदै सोरु गाउँपालिका द्वितीय, र ४३ दशमलव २३ अंक ल्याउँदै छायानाथ रारा नगरपालिका तेस्रो भएको छ । खत्याड गाउँपालिकाले ४२ दशमलव १४ अंक ल्याएको छ ।

आयोगले गत माघ ३० गते सार्वजनिक गरेको कार्य सम्पादन मुल्यांकनमा सोरु गाउँपालिका उत्कृष्ट कार्य सम्पादन गर्ने मुगु जिल्लाको स्थानीय तह ठहरिएको थियो, तर आयोगले त्यस समयमा नतिजामा चित्त नबुझेपछि पुनरावलोकनका लागि आयोगमा निवेदन दिन प्रदेश सरकार र स्थानीय तहहरूलाई सात दिने सूचना निकालेको थियो ।

कार्य सम्पादन मुल्यांकनका सबै सूचना आफ्नो गाउँपालिकाले पूरा गरेपनि अंक कम आएपछि हामीले पुनरावलोकनका लागि आवश्यक प्रमाणसहित वित्त आयोगमा निवेदन दिएका थियौं । जहाँ के त्रुटीले त्यो बेला कम अंक आएको रहेछ ।

अहिले पुनः मुल्यांकन गर्दा मुगुका अन्य स्थानीय तहहरूको भन्दा हाम्रो अंक प्रथम भएको छ। आयोगले प्रकाशित गरेको अन्तिम नतिजामा हामी मुगु जिल्लाका स्थानीय तहहरू मध्य उत्कृष्ट कार्य सम्पादन गर्ने स्थानीय तह भएका छौं, मुगम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत सुवासचन्द्र रावलले बताए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचकहरू तोकिएर सोही सुचक अनुसार स्थानीय तहहरूको कार्य सम्पादन मुल्यांकन गर्दै आएको छ । कार्य सम्पादन मुल्यांकनमा ल्याएको अंककै आधारमा वित्त आयोगले प्रदेश सरकार तथा स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०८२÷०८३ को अनुदान प्रदान गर्नेछ ।

आयोगको मुल्यांकन वैज्ञानिक छ र मुल्यांकनको आधारमा अनुदान पनि दिने भएकाले स्थानीय तह तथा प्रदेश सरकारहरूले आफ्ना कार्य सम्पादनमा निखार र प्रभावकारीता ल्याउने, जिल्ला समन्वय समिती मुगुका प्रमुख मन्जन बहादुर कार्कीले विश्वास व्यक्त गरे ।

लिसा र एफआरएमा पनि मुगुम कार्मारोङ्ग नै अगाडि
स्थानिय तह वित्तीय सुशासन जोखिम मुल्यांकन (एफआरए) २०८०/०८१ मा मुगु जिल्लाका स्थानीय तहहरू मध्य मुगुम कार्मारोङ्गमा वित्तीय सुशासन देखिएको छ । ५ वटा सुचकमा गरिएको मुल्यांकन अनुसार मुगुम कार्मारोङ्ग गाउँपालिकाले ९१ दशमलव ५ अंक प्राप्त गरेर पहिलो, छायानाथ रारा नगरपालिकाले ९० दशमलव ५ अंक ल्याएर दोस्रो भएको छ भने सोरु गाउँपालिकाले ८३ अंक ल्याएर तेस्रो हुँदै गर्दा खत्याड गाउँपालिकाले ८२ अंक ल्याएको छ ।

स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिसा) २०८०/०८१ मा पनि मुगु जिल्लाका चार स्थानीय तहहरू मध्य मुगुम कार्मारोङ्ग गाउँपालिका नै पहिलो भएको छ । मुगम कार्मारोङ्ग गाउँपालिकाले लिसा मुल्यांकनमा तोकिएका १० वटा विषय तथा क्षेत्रमा ८९ अंक ल्याउँदै प्रथम हुन सफल भएको हो।

खत्याड गाउँपालिकाले ८५ दशमलव ५ अंक ल्याएर दोस्रो हुँदै गर्दा ८४ दशमलव २५ अंक ल्याएर छायानाथ रारा नगरपालिका तेस्रो भएको छ भने सोरु गाउँपालिकाले ८१ दशमलव २५ अंक ल्याएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:१७

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक...

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति...

जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२५

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले वडा न.१ जमल क्षेत्रमा...

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०९

काठमाडौं । नेपाल पुलिस क्लव, काठमाडौं मेयर कप स्वीमिङ च्याम्पियनसिपको...

गम्हरिया पोखरी सौन्दर्यीकरण अलपत्र, ठेकेदारसँग स्पष्टीकरण माग्दै ठेक्का रद्द प्रक्रियामा खडक नगरपालिका

गम्हरिया पोखरी सौन्दर्यीकरण अलपत्र, ठेकेदारसँग स्पष्टीकरण माग्दै ठेक्का रद्द प्रक्रियामा खडक नगरपालिका

वि.सं.२०८३ जेठ २४ आइतवार ११:०६

सप्तरी । खडक नगरपालिका वडा नं. ६ स्थित गम्हरिया पोखरी...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३३

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र १२...