back

बुढानीलकण्ठ नगरपालिकोे मेलामा युवाहरूका लागि रोजगारीकोे अवसर

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिकाले आगामी फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला गर्ने भएको छ । “शिक्षा, सीप र उत्पादकता हाम्रो प्राथमिकता”नारासहित हुन लागेको यो मेलामा युवा वर्गलाई रोजगारी तथा सीप विकासमा जोड दिने लक्ष्य राखिएको छ ।

मंगलबार बुढानिलकण्ठ नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै गतवर्ष सम्पन्न तेस्रो मेला, रोजगारी तथा युवा परामर्शमा केन्द्रित रहेकोमा यसपटक भने श्रमिक तथा उद्यमशीलता प्रवद्र्धनमा विशेष ध्यान दिइने जानकारी दिएको छ ।

यो मेलामा कुल ४८ वटा स्टल रहने छन्, जसमा १५ वटा रोजगारीका अवसर खुलाउने, ६ वटा श्रम स्वीकृतिसम्बन्धी जानकारी दिने र अन्य स्टलहरूले उद्यमशीलता तथा डिजिटल प्रविधि सम्बन्धी सेवा तथा सूचना प्रदान गर्नेछन् ।

माध्यामिक तह उत्तीर्ण गरेका १०० जना युवाहरूका लागि रोजगारी प्रवद्र्धनको विशेष अवसर मिलाइने र ४०० जनालाई व्यावसायिक सीपसम्बन्धी परामर्श दिइने नगरपालिकाको योजना रहेको छ  ।  युवाहरूलाई स्वरोजगारको सम्भावना खोज्न प्रोत्साहित गर्न विभिन्न क्षेत्रका विज्ञहरूसँग अन्तक्र्रिया गराउने कार्यक्रमसमेत रहेको नगरपालिकाले जानाकारी दिएको छ ।

नगरपालिकाले बेरोजगार युवाहरूका लागि सूचनाको पहुँच विस्तार गर्दै रोजगारी सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । इच्छुक व्यक्तिहरूले यहि माघ २५ गतेभित्र नगरपालिकाको पेजमा उल्लेख भएको फारममा भरी आवेदन दिन सक्नेछन् ।

nactional life
Corporatebazar 11 Anniversary

दिक्तेलमा ‘अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन’ सुरु: रेडपाण्डा र थार संरक्षणमा विश्वको ध्यान

दिक्तेलमा ‘अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन’ सुरु: रेडपाण्डा र थार संरक्षणमा विश्वको ध्यान

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २१:१६

खोटाङ । लोपोन्मुख रेडपाण्डा (हाब्रे) र थार संरक्षणसँगै दिगो पर्यटनको...

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरी बिचको सहकार्य बलियो बनाइने

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरी बिचको सहकार्य बलियो बनाइने

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:४४

काठमाडौं । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

विद्यालयहरुप्रति मन्त्रालयको एक्सन : छात्रवृत्ति विवरण सार्वजनिक गर्नुहोला

विद्यालयहरुप्रति मन्त्रालयको एक्सन : छात्रवृत्ति विवरण सार्वजनिक गर्नुहोला

वि.सं.२०८२ चैत ३० सोमवार १८:०१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति...

दैलेखको समृद्धिको नारा सहित वैशाख ७ गतेदेखि दैलेख प्रादेशिक महोत्सव हुँदै

दैलेखको समृद्धिको नारा सहित वैशाख ७ गतेदेखि दैलेख प्रादेशिक महोत्सव हुँदै

वि.सं.२०८२ चैत ३० सोमवार १३:११

दैलेख । दैलेख प्रादेशिक महोत्वस वैशाख ७ गतेदेखि १९ गतेसम्म...

कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण: मेयरविरुद्ध पक्राउ पुर्जी, एकजना पक्राउ

कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण: मेयरविरुद्ध पक्राउ पुर्जी, एकजना पक्राउ

वि.सं.२०८२ चैत २६ बिहीवार १७:१५

सिरहा । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध कुटपिटको आरोपमा पक्राउ...