back

जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण

दोलखा । दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर– २ ले पालिकाको सहयोगमा जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरेको छ । सो अवसरमा उनीहरुको स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।

जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गर्दै पालिका अध्यक्ष हिराकुमार थोकरले जेष्ठ नागरिकलाई जाडो मौसममा राहत पुगोस भनेर पालिकाले न्यानो कम्बल वितरण गरेको बताए । यस्तो कार्यक्रम हरेक वडामा भै रहेको पालिका अध्यक्ष थोकरको भनाई छ ।

जेष्ठ नागरिक सबैको अभिभावक भएकोले उहाँहरुको सुरक्षा पालिकाको मुख्य जिम्मेवारी हो अध्यक्ष थोकरले भने । हामीले जेष्ठ नागरिकहरुको लागि हरेक बर्ष आवश्यकता अनुसारको सामग्री वितरण एवम् नियमित स्वास्थ्य परिक्षण गर्दै आई रहेका छौ ।

त्यस्तैगरी पालिकाको सहयोगमा वडा नम्बर– २ ले यो बर्ष ८० देखी ८५ बर्ष उमेर समूहका ३० जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण तथा झण्डै डेढ सय जनाको स्वास्थ्य परिक्षण गरेको वडा अध्यक्ष रामकृष्ण भण्डारीले बताए ।

कार्यक्रममा जेष्ठ नागरिक, एकल महिला लगायतलाई सामाजिक सुरक्षा भक्ता समेत वितरण गरिएको वडा नम्बर– २ का वडा अध्यक्ष भण्डारीले बताए ।

nactional life
Corporatebazar 11 Anniversary

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:००

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले शनिबार र आइतबार...

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:३७

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकाले सीमित स्रोतसाधनकाबीच स्थानीय सरकार नागरिकको...

४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४४

काठमाडौं । काठमाडौं महानगरपालिकाले युवाहरूलाई सिपमूलक र रोजगारमूलक फोटोग्राफी तालिम...

उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह

उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३३

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले विद्यालय सञ्चालन र शैक्षिक...