back
nactional

टोखामा १२ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न

काठमाडौं । टोखा नगरपालिकाको आयोजनामा वैशाख २९ गतेदेखि सुरु गरेको जनश्रमदानमा विष्णुमती सफाई अभियानले १२ औँ हप्ताको सफाई अभियान सम्पन्न गरेको छ ।

हरेक शनिबार बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म २ घण्टाको सरसफाईमा टोखा नगरपालिकाको नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृतसहित कर्मचारीहरु, नगर प्रहरि, नेपाल प्रहरि, नेपाली सेना, सशस्त्र प्रहरि, कल्पलता द्धैमासिक, लायन्स क्लव अफ काठमाडौं शुभआरम्भ, भूतपूर्व प्रहरि संगठन र स्थानीय सामाजिक अभियन्ताहरुको बाक्लो सहभागितामा सफाई अभियान निरन्तर हुँदै आएको छ ।

आजको सफाई अभियानमा साउथ वेस्र्टन स्टेट कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसीसहित व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

टोखा नगरपालिकाले पहिलो चरणमा ग्राण्डी टावरदेखि मनोहरतिर्थ धामसम्म सफाई अभियान सम्पन्न गरिसकेको छ । जसमा विष्णुमती करिडोरमा दुबैतर्फ बाटो निर्माण गर्नुका साथै अनाधिकृत रुपमा निर्माण भएका घर÷टहराहरु हटाउने कार्य समेत सम्पन्न गरेको छ ।

नगरपालिकाले दिएको जानकारीअनुसार यसै आर्थिक वर्षमा नगरको ५ करोड बजेटबाट मनोहरतिर्थ हुँदै विणुमती करिडोरमा कालोपत्रेको काम सुरु गरिने जानकारी दिएको छ ।

आगामी हप्ता दोस्रो चरणको विष्णुमती अभियान सञ्चालन गरिने सफाई अभियानका संयोजक गणेश दाहालले बताएका छन् । दाहालका अनुसार दोस्रो चरणको अभियान सम्पन्न भएपछि बुढानिलकण्ठसम्मको विष्णुमती सफाईमा जोड दिने बताएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गोकर्णेश्वरका नगर प्रमुख रिसाल एशिया ग्लोबल एक्सिलेन्स अवार्ड

गोकर्णेश्वरका नगर प्रमुख रिसाल एशिया ग्लोबल एक्सिलेन्स अवार्ड

वि.सं.२०८३ भदौ १ सोमवार १३:०२

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाललाई शिक्षा तथा...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:३६

काठमाडौँ। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न...

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०४

काठमाडौं। काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको...

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

वि.सं.२०८३ साउन २१ बिहीवार २०:२७

रौतहट । सडकको नाममा हिलोको पोखरी र खाल्डैखाल्डा मात्रै देखिने...

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि...