टोखामा १२ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न

वि.सं.२०८१ साउन १३ आइतवार

काठमाडौं । टोखा नगरपालिकाको आयोजनामा वैशाख २९ गतेदेखि सुरु गरेको जनश्रमदानमा विष्णुमती सफाई अभियानले १२ औँ हप्ताको सफाई अभियान सम्पन्न गरेको छ ।
हरेक शनिबार बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म २ घण्टाको सरसफाईमा टोखा नगरपालिकाको नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृतसहित कर्मचारीहरु, नगर प्रहरि, नेपाल प्रहरि, नेपाली सेना, सशस्त्र प्रहरि, कल्पलता द्धैमासिक, लायन्स क्लव अफ काठमाडौं शुभआरम्भ, भूतपूर्व प्रहरि संगठन र स्थानीय सामाजिक अभियन्ताहरुको बाक्लो सहभागितामा सफाई अभियान निरन्तर हुँदै आएको छ ।
आजको सफाई अभियानमा साउथ वेस्र्टन स्टेट कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसीसहित व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।
टोखा नगरपालिकाले पहिलो चरणमा ग्राण्डी टावरदेखि मनोहरतिर्थ धामसम्म सफाई अभियान सम्पन्न गरिसकेको छ । जसमा विष्णुमती करिडोरमा दुबैतर्फ बाटो निर्माण गर्नुका साथै अनाधिकृत रुपमा निर्माण भएका घर÷टहराहरु हटाउने कार्य समेत सम्पन्न गरेको छ ।
नगरपालिकाले दिएको जानकारीअनुसार यसै आर्थिक वर्षमा नगरको ५ करोड बजेटबाट मनोहरतिर्थ हुँदै विणुमती करिडोरमा कालोपत्रेको काम सुरु गरिने जानकारी दिएको छ ।
आगामी हप्ता दोस्रो चरणको विष्णुमती अभियान सञ्चालन गरिने सफाई अभियानका संयोजक गणेश दाहालले बताएका छन् । दाहालका अनुसार दोस्रो चरणको अभियान सम्पन्न भएपछि बुढानिलकण्ठसम्मको विष्णुमती सफाईमा जोड दिने बताएका छन् ।

प्रकाशित समय : १६:४१ बजे