back
nactional

ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्‍याडिसन होटलमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्‍याडिसन  होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्‍याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।

समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुले र्‍याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरुले र्‍याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै र्‍याडिसन होटल काठमाडौँले संचालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउने छन् ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट...

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:३३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४...

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

वि.सं.२०८३ भदौ १ सोमवार २२:१५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा मनिष...

पाल्पाको तानसेनमा एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

पाल्पाको तानसेनमा एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

वि.सं.२०८३ भदौ १ सोमवार २०:५३

पाल्पा । एभरेस्ट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

वि.सं.२०८३ भदौ १ सोमवार २०:४३

काठमाडौं । नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त

वि.सं.२०८३ भदौ १ सोमवार २०:३७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कल्याण विक्रम पाँडेलाई नायब प्रमुख...