back
nactional

मौद्रिक नीति पछि पुँजी बजारमा हरियाली : पौने १६ अर्बको कारोबार, १८ बैंकमा सर्किट

काठमाडौं । नेपाल राष्ट्र बैंकले खुकुलो नीति ल्याएपछि पुँजी बजारमा हरियाली छाएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/ ८२ को मौद्रिक नीति खुकुलो र सेयर बजारसँग सम्बन्धित नीतिलाई सहज बनाएपछि लगानीकर्ता उत्साहित बनेका हुन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा सहज व्यवस्था गरेपछि पुँजी बजार उकालो लाग्न थप बल पुगेको देखिन्छ ।

साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई पटक सर्किट ब्रेक लागेको छ । बिहान ११ बजे खुलेको एक मिनेटमै नेप्से परिसूचक ३.९९ प्रतिशत अर्थात् १०२.६८ अंक बढेर २ हजा ६७०.८२ अंक पगुेको थियो ।

नेप्से ४ प्रतिशत बढेपछि २० मिनेटका लागि बन्द भएको थियो । पहिलो सर्किटपछि खुलेको केही मिनेटमै पुनः दोस्रो पटक सर्किट लागेर थप ४० मिनेटका लागि सेयर बजार बन्द भएको थियो । दोस्रो सर्किटमा नेप्से परिसूचक ५.०२ प्रतिशत अर्थात् १२९.०७ अंक बढेर २ हजार ६९७.२१ अंकमा पुगेको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाइएको २० करोड रुपैयाँको क्याप हटाएपछि लगानीकर्तामा रौनकता छाएको हो । २० करोडको क्याप हटाउँदा सेयर बजारमा प्रवाह हुने कर्जा बढ्ने लगानीकर्ता बताउँछन् । जसकारण आइतबारको सेयर बजार बढेको उनीहरूको तर्क छ ।

आइतबार नेप्से परिसूचक ४.४१ प्रतिशत अर्थात् ११३.४२ अंक बढेर २ हजार ६८१.५६ अंकमा पुगेर बन्द भएको छ । यस अवधिमा ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर १ लाख ६३ हजार ८१० पटक खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत साउन महिनामा उठाएको ब्याज गत वर्षको वित्तीय विवरणमा जोड्न पाउने व्यवस्था गरेपछि नेप्सेको बैंकिङ समूहमा उछाल आएको छ ।

नेप्सेमा १२ कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ भने १० वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, कृषि विकास बैंक, नेपाल बैंक,उपकार लघुवित्त, हाथवे इन्भेष्टमेन्टको सेयर मूलय १० प्रतिशत बढेको हो । यस्तै एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंकको सेयर मूल्य ९.९९ प्रतिशत बढेको हो । यस्तै एनआईसी एशिया बैंक, नबिल बैंक, हिमालयन बैंक, निफ्रा बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंकको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार १४:०४

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७...

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३६

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८३ भदौ २ मंगलवार ११:२५

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ...

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:३४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...