back

काठमाडौं महानगरपालिकाका सबै कार्यालय अब बिहान ९ बजे देखिनै खुल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ ।

सेवा सहजताका लागि १ बिहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको प्रवक्ता नविन मानन्धरले बताए ।

‘आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेका हौं, बेलुकाको समय भने परिवर्तन भएको छैन ।’ प्रवक्ता नविन मानन्धरले भने- ‘यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुनेछ ।’

थप समयमा काम गर्नका लागि कर्मचारीहरुलाई प्रोत्साहन गर्न ‘काठमाडौं महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ ।

सेवाको गुणस्तरीयता र प्रभावकारिताका लागि अतिरिक्त समयमा समेत कार्य सम्पादन गर्न आवश्यक रहेकोले पदीय जिम्मेवारी वहन गर्न उपलब्ध गराउने स्रोत, साधन सम्बन्धी व्यवस्था मापदण्डले गरेको छ ।

बिहान १० बजेबाट सरकारी तथा निजी क्षेत्रका कार्यालयमा काम गर्ने कर्मचारीलाई यो व्यवस्थाले महानगरपालिकाबाट सेवा प्राप्त गर्न सहज हुनेछ ।

बिहान आफ्नो कार्यालय जानु पूर्व महानगरपालिका र अन्तर्गतका विभिन्न कार्यालयहरूबाट सेवा प्राप्त सजिलो होस् भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयन गरिएको प्रवक्ता मानन्धरको भनाइ छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

वि.सं.२०८३ असार २४ बुधवार १८:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक...

इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

वि.सं.२०८३ असार २३ मंगलवार १२:५०

इलाम । इलामका स्थानीय तहहरूले बहुसंख्यक नागरिकले बोल्ने मातृभाषालाई सरकारी...

नगर सभा १९ औँ अधिवेशनको चौथो बैठकबाट बजेट तथा, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित 

नगर सभा १९ औँ अधिवेशनको चौथो बैठकबाट बजेट तथा, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित 

वि.सं.२०८३ असार १९ शुक्रवार १३:४९

काठमाडौँ । आर्थिक वर्ष आ.व. २०८३/०८४ का लागि काठमाडौं महानगरपालिकको...

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०२

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरहरूले कार्यस्थलमा...