प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुराको गृहपालिका गन्यापधुरा-४ मा कांग्रेसको प्यानलै विजयी

वि.सं.२०७९ वैशाख ३१ शनिवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।
त्यहाँ वडाध्यक्षसहित पाँच जनाले कांग्रेसबाट जित निकालेका हुन् । कांग्रेसका विजयी वडाध्यक्ष ६१४ मत ल्याएका छन् ।
कुल खसेको १,०२९ मतमा एमालेका उम्मेदवारले १८४ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवारले १४९ मत ल्याए ।

प्रकाशित समय : ११:५८ बजे