back
himalayan life

स्याउमा रोग लाग्न थाल्यो: उत्पादनमा कमी आउने संकेत

मुगु । मुगुका किसानले लगाएको स्याउको बिरुवामा रोग लाग्न थालेपछि किसान चिन्तित बनेका छन् । विरुवाको बोक्रा खुइलिएर जाने, ढुसी लाग्ने, ऐजेरु पलाउने र बिरुवा सुक्दै जाने समस्याका कारण स्याउ कृषक मारमा परेका हुन् । मुगालीहरुको मुख्य आम्दानीको स्रोत पछिल्लो समयमा स्याउ भएकाले उत्पादनमा कमी आउने हो कि भनेर किसानहरु चिन्तित बनेका हुन् ।

मुगुमा सडक सन्जाल जोडिएपछि कृषकहरु स्याउ खेतितिर आकर्षित छन् । हावापानी पनि स्याउखेती उत्पादनका सुहाउँदो थियो तर पछिल्लो समय बिरुवाहरुमा किराको संक्रमणले बोक्राको छाला खुइलिने बिरुवामा ऐजेरु झार पलाउने, ढुसी लाग्ने विरुवा सुक्दै जाने समस्या बढेको हो । अब स्याउका बिरुवा कसरी जोगाउने भन्ने चिन्ताले पिरोलिरहेको छ ।

यता स्थानीय सरकार, जिल्ला कृषि बिकास कार्यालय, अन्य कृषिसंग काम गर्ने कुनै पनि संघसस्थाले नहेरेको छाँयानाथ रारा नगरापलिका–६ का कृषक जसन्त कुलालले बताए । मुगुलगायत अन्य कर्णालीका स्याउ उत्पादन हुने जिल्लाहरुमा कृषकहरुले लगाएका बिरुवाहरुमा पेपरी वाग रोग, स्याउका हागाहरुमा चिरा पर्ने, बोक्रा निस्कने, बिरुवाहरु सुक्दै जाने र स्याउका बिरुवामा अन्य झारपात उम्रने, ढुसी जस्ता रोगदेखिएको उनीहरुको भनाइ छ ।

विषेशगरि कृषकहरुलाई सिकाएको प्राकृतिक ज्ञान अनुसार काम नगर्ने, कृषकहरुलाई प्राविधिक ज्ञान नहुँदा समयमा गोडमेल, सुरक्षा नगर्ने, बिरुवामा लगाउने चुना, निलोतुथो रेसियो नमिलाउनाले रोग लाग्ने गरेको जिल्ला कृषि बिकास कार्यालय मुगुका प्रमुख गणेश अधिकारीले बताए ।

मुगुमा रहेका चार स्थानीय तहमा रहेको जमिनको कुल भूभागको ११.७ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिरहेका कृषकहरुका बिरुवा हरेका बर्ष यस्तै रोग लाग्ने हो भने किसान थप चिन्तित बन्ने देखिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

वि.सं.२०८३ असार १७ बुधवार १७:५७

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०२

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरहरूले कार्यस्थलमा...

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...