back
himalayan life

सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रतिबद्धता छैन् : सांसद केसी

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भ्रष्टाचार, कुशासन, विधिबिहिनता र दण्डबिहिनतालाई निर्ममता पूर्वक नियन्त्रण गर्ने कुराको प्रतिबद्धता कम रहेको बताएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको विषयमा नीति तथा कार्यक्रम केन्द्रीत हुनुपर्ने भन्दै यस्तो कुराको प्रतिबद्धता र इच्छाशक्तिको कमि भएको बताए ।

उनले भने, ‘हाम्रो जस्तो देशमा नीति तथा कार्यक्रम सिमान्तकृत र गरिबीको रेखा मुनि रहेका नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको कार्यक्रममा नै केन्द्रीत हुनुपर्छ । मुलुक ऋणको भारि र भ्रष्ट्राचारको महामारिले गर्दा शिकिस्त बिरामी छ । भ्रष्ट्राचार, कुशासन, विधि बिहिनता र दण्डबिहिनतालाई निर्ममता पूर्वक नियन्त्रण गर्ने कुराको प्रतिबद्धता र इच्छाशक्ति मैले यसमा कम देखेको छु ।’

यस्तै, उनले दुई तिहाइको समर्थनको सरकारले १० महिनाभित्र पुँजीगत खर्च एक तिहाई पनि गर्न नसकेको भन्दै यसलाई कति सक्षम भन्ने, कति असक्षम भन्ने त्यतातिर गम्भिर भएर सरकारले हेर्नुपर्ने बताए ।

उनले भने, ‘संक्रमण न्याय निरुपनको कुरा १८ वर्ष सम्म अलमलि रहेको छ । अझसम्म मेलमिलाप आयोग गठन हुन नसक्नु दुखद कुरा भएको छ । दुई तिहाइको समर्थनको सरकारले १० महिनाभित्र पुँजीगत खर्च एक तिहाई पनि गर्न सकेको छैन् । ३१ प्रतिशत मात्र छ । यसलाई हामीले कति सक्षम भन्ने, कति असक्षम भन्ने त्यतातिर गम्भिर भएर सरकारले हेर्नुपर्ने आवश्यकता छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

वि.सं.२०८३ असार १७ बुधवार १८:१८

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि...

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

वि.सं.२०८३ असार १७ बुधवार १८:०८

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका...