back

महुली लघुवित्तको ब्याजसँगै सञ्चालन आम्दानीमा उलेख्य वृद्धि

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २५.६२ प्रतिशत धेरै हो । गतवर्ष लघुवित्तले ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन थियो । लघुवित्तको खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा वृद्धि हुँदा लघुवित्तको नाफामा बढोत्तरी भएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५ करोड ८२ लाख रुपैयाँ छ । गतवर्ष कम्पनीको यस्तो आम्दानी १९ करोड ४० लाख रुपैयाँ थियो । त्यसैगरी लघुवित्तको सञ्चालन आम्दानी २५.६३ प्रतिशतले बढेर ५ करोड ७९ लाख रुपैयाँ छ ।

यस अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्ज ६ करोड ४ लाख कायम छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा उल्लेख्य बढेको छ । लघुवित्तको वितरणयोग्य नाफा ४ करोड ६१ लाख रुपैयाँबाट बढेर ५ करोड ७९ लाख रुपैयाँ छ ।

चालु आर्थिक वर्षको ९ महिनामा एक अर्ब ७५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर चार अर्ब ९२ करोड १५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

३६ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ३० करोड ४२ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६२ पैसा छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ५१ पैसा छ ।


विन नेपाल लघुवित्तको एफपीओ आज बन्द हुदै

विन नेपाल लघुवित्तको एफपीओ आज बन्द हुदै

वि.सं.२०८१ चैत २६ मंगलवार १०:०६

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१...

आजदेखि विन नेपाल लघुवित्तको एफपीओ खुल्यो

आजदेखि विन नेपाल लघुवित्तको एफपीओ खुल्यो

वि.सं.२०८१ चैत २१ बिहीवार १०:३५

काठमाडौ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि एफपीओ...

स्वाभिमान लघुवित्तको लाभांश घोषणा : बोनस र नगद कति ?

स्वाभिमान लघुवित्तको लाभांश घोषणा : बोनस र नगद कति ?

वि.सं.२०८१ चैत ८ शुक्रवार १०:३४

काठमाडौं ।  स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको...

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

वि.सं.२०८१ चैत १ शुक्रवार ११:०२

काठमाडौं । आज शुक्रबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ...

स्वरोजगार लघुवित्तको लाभांश घोषणा : बोनस कति ?

स्वरोजगार लघुवित्तको लाभांश घोषणा : बोनस कति ?

वि.सं.२०८१ फागुन २२ बिहीवार ११:०३

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

आजदेखि स्वरोजगार लघुवित्तको एफपीओ खुल्यो

आजदेखि स्वरोजगार लघुवित्तको एफपीओ खुल्यो

वि.सं.२०८१ फागुन १८ आइतवार १२:३७

काठमाडौ - स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक...